बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हितेन्द्रदेव शाक्य भन्छन्- लोडसेडिङ हुँदैन, दीर्घकालीन समाधान गर्न ठूला परियोजना अगाडि बढाउँछु

मंगलबार, चैत १२ २०८१
हितेन्द्रदेव शाक्य भन्छन्- लोडसेडिङ हुँदैन, दीर्घकालीन समाधान गर्न ठूला परियोजना अगाडि बढाउँछु

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएसँगै हितेन्द्रदेव शाक्यले लोडेसेडिङ नहुनेमा ढुक्क रहन आग्रह गरेका छन्।

विगतमा पनि ६ महिना नेतृत्वमा रहेको स्मरण गराउँदै उनले उक्त समयमा पनि लोडसेडिङ नभएको र आगामी दिनमा उद्योगमा समेत लोडसेडिङ नहुनेगरी दीर्घकालीन समाधान खोज्न आफू अग्रसर भएर काम गर्ने बताए।

'लामो समयदेखि प्राधिकरणमा हुनपर्ने धेरै काम हुन सकेका छैनन् ठूला परियोजना बनेका छैनन्, त्यसतर्फ ध्यान दिनेछु' शाक्यले भने। मुख्यगरी ऊर्जा सुरक्षा ग्यारेन्टीमै योजना बनाएर काम गर्नेसमेत उनले बताए।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई हटाउदै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। अदातलबाट न्याय नपाएपनि सरकारले न्याय दिएकोसमेत शाक्यले बताए। सरकारको तर्फबाट पत्र पाएपछि योजनाहरु सार्वजनिक गर्नेसमेत उनले जानकारी दिए।

यसअघि सरकारले २०७७ माघ २७ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा प्राधिकरणमै तीन दशक बिताएका हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। चार वर्ष समय तोकेर कार्यकारी निर्देशक बनाइएको भएपनि उनलाई ६ महिनामा नै सरुवा गरेर कुलमान घिसिङलाई ल्याइएको थियो।

नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङलाई सरकारले पहिलोपटक २०७३ साल भदौ २९ गते चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। चार वर्षका लागि नियुक्त भएका घिसिङको २०७७ भदौ २९ मा कार्यकाल सकियो। त्यसपछि सरकारले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

तत्कालीन सरकारले शाक्यलाई सरूवा गरेर २०७८ साउन २७ मा घिसिङलाई नै दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्‍यो। अहिले सरकारले पुनः शाक्यलाई नै नियुक्त गरेको हो।

हितेन्द्रदेव शाक्यमाथि राज्यदेखि न्यायालयबाट समेत भइरहेको अन्याय हितेन्द्रदेव शाक्यमाथि राज्यदेखि न्यायालयबाट समेत भइरहेको अन्याय


प्रकाशित : मंगलबार, चैत १२ २०८१०७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend