मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

images
सोमबार, चैत ११ २०८१
images
हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रूपैयाँले बढाइएको छ भने सिमीमा प्रतिकेजी १० रूपैयाँ बढाइएको छ।

images
images

हुम्ला- जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ।

images
images
images

जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिए।

images
images

नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी १ सय ८० रूपैयाँ, कागुनोको चामल प्रतिकेजी १ सय ८०, सिमी प्रतिकेजी १ सय ७०, तिते फापर प्रतिकेजी १००, मिठे फापर प्रतिकेजी १ सय २०, उवा प्रतिकेजी १ सय २० र कोदो प्रतिकेजी १०० रूपैयाँ मूल्य निर्धारण गरिएको छ।

images
images

चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रूपैयाँले बढाइएको छ भने सिमीमा प्रतिकेजी १० रूपैयाँ बढाइएको छ।

यी सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ। हुम्लामा रैथाने बालीको आधिकारिक रुपमा मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष हो।

बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायतको उपस्थिति थियो। रासस


प्रकाशित : सोमबार, चैत ११ २०८११४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend