बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्काइवेलको फ्ल्यागसिप शोरुम नक्सालमा

शुक्रबार, चैत ८ २०८१
स्काइवेलको फ्ल्यागसिप शोरुम नक्सालमा

नक्सालमा फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको जी मोटर्सले योसँगै स्काइवेलको नेपालमा पाँचौँ बिक्री कक्ष पुगेको जनाएको छ।

काठमाडौं- नेपाली बजारमा उपलब्ध लक्जरी विद्युतीय एसयूभी स्काइवेलले नारायणचौर नक्सालमा आफ्नो फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको छ।

सबैभन्दा बढी ६ सय २० किलोमिटर रेन्ज दाबी गरिएको प्रिमियम एसयूभी स्काइवेल इटी फाइभ नेपाली बजारमा एक वर्षअघि भित्रिएको थियो।

स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले पहिलो शोरुरम भक्तपुरको राधेराधेमा सञ्चालनमा ल्याएको थियो। नक्सालमा फ्ल्यागसिप शोरुम सञ्चालनमा ल्याएको जी मोटर्सले योसँगै स्काइवेलको नेपालमा पाँचौँ बिक्री कक्ष पुगेको जनाएको छ।  

शुक्रबार चिनियाँ राजदुताबासका डेपुटी चिफ अफ मिसन वाड् जीन्ले एक कार्यक्रमबीच स्काइवेल शोरुमको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा स्काइवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जी मोटर्स प्रालिका चेयरमेन दुर्गाप्रसाद गेलालको उपस्थिती रहेको थियो।  

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काइवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसियासहित एसियामामा समेत आफ्नो बलियो बजार साख सृजना गरिसकेको छ। स्काइवेल चिनियाँ इलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्थको ब्राण्ड हो। राम्रो रिसर्च एन्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काइवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सफल भएको कम्पनीको दाबी छ। 

भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काइवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयूभीको बिक्री सुरु गरेको थियो। नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काइवेलले १ सयभन्दा बढी एसयूभीहरु नेपालमा बिक्री गरिसकेको कम्पनीले दाबी गरेको छ। 

स्काइवेलको नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता जी मोटर्स प्रालिले छोटो समयमा हाँसिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जी मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको कम्पनीको भनाइ छ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई स्काइवेलका गाडी बिक्री गरिरहेको बताए। ‘स्काइवेल खरिद गर्ने ग्राहकले घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने माहान् सोचका साथ उही लक्जिरी प्राप्त हुने विकल्पको रुपमा स्काइवेलका एसयूभी चढ्न थाल्नुहुन्छ उनले भने, ‘त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहिँ कति पनि चुक्नेछैनौं। हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौँ। हामीसँग यथेष्ठ स्पेयर्स पार्टस् जगेडा छन्।’

एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने स्काइवेलका एसयूभीको सुरुवाती भेरियन्टले ४ सय १० किलोमिटर रेन्ज भएको एसयूभी नै ७९ लाख ९० हजार रुपैंया मूल्य पर्छ। यसै वर्ष स्काइवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयूभी पनि लिएर आउने कम्पनीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, चैत ८ २०८११७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend