बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ओमोडा र जेइकोले पूरा गर्‍यो एक वर्ष, ३१ मार्चसम्म विशेष अफर

बिहीबार , चैत ७ २०८१
ओमोडा र जेइकोले पूरा गर्‍यो एक वर्ष, ३१ मार्चसम्म विशेष अफर

एक वर्षको अवधिमा कम्पनीले ८ सय ५० वटा ओमोडा र जेइकोको विद्युतीय एसयूभी बिक्री गर्न सफल भएको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी चेरी अटोमोबाइलले अन्तर्गतको विद्युतीय सवारी ब्रान्ड ओमोडा तथा जेइको नेपाल आएको १ वर्ष पूरा भएको छ। ओमोडा/जेइको चेरीको नेपालका लागि आधिकारिक बिक्रेता शारडा समूहअन्तर्गतको एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा भित्र्याएको थियो। 

२०२४ मार्चमा ओमोडा ब्रान्ड ईफाइभ विद्युृतीय एसयूभी मोडलसहित नेपाली बजारमा प्रवेश गरेको थियो। त्यसपछि एसपीजीले सेप्टेम्बरमा भएको नाडा अटो शो २०२४ मा सोही ब्रान्ड अन्तर्गको अर्काे अफ रोड विद्युतीय एसयूभी जेइको जे सिक्स नेपाल ल्याएको थियो।

ओमोडा ब्रान्ड नेपाल भित्रिएको १ वर्ष पुगेको अवसरमा एसपीजी अटोमोबाइल्सले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सेलिब्रेसन गरेको हो। एक वर्षको अवधिमा कम्पनीले ८ सय ५० वटा ओमोडा र जेइकोको विद्युतीय एसयूभी बिक्री गर्न सफल भएको छ। 

एसपीजी अटोमोबाइल्सले गरेको कम्पनीका कार्यकारी निर्देशक गौरव शारडाले एक वर्षको अवधिमा ओमोडा र जेइकोका ८ सय ५० विद्युतीय एसयूभीका ‘ह्याप्पी कस्टुमर’ प्राप्त गर्न सफल भएको बताए। ‘एक वर्षको अवधि हामीले ८ सय ५० भन्दा बढी ओमोडा र जेइकोका विद्युतीय कार बिक्री गर्न सफल भएका छौँ,’ उनले भने, ‘ब्रान्डको विश्वसनीयता र उत्कृष्ट उत्पादन भएकाले ओमोडा र जेईको नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल भएको हो। विद्युतीय कार बिक्रीमात्र गर्ने होइन, बिक्रीपछिको सेवा रर चार्जिङ पूर्वाधार पनि हाम्रो प्राथमिकतामा छ।’ 

समयक्रमअनुसार कम्पनीले नयाँ र अत्याधुनिक सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउने उनको भनाइ छ। कम्पनीले छिट्टै जे फाइभ विद्युतीय कार ल्याउने समेत शारडाले बताए। 

ओमोडा र जेइकोका विद्युतीय कार बिक्रीसँगै उपभोक्तालाई आवश्यक स्पेयर पार्टस र सर्भिस सुलभ मूल्यमा उपलब्ध गराउन एपपीजी अटोमोबाइल्स प्रतिवद्ध रहेको महाप्रवन्धक ज्ञानेन्द्र चन्दले बताए। 

चीनको प्रमुखमध्येको एक चेरी अटोमोबाइल अन्तर्गको अब्बल विद्युतीय ब्रान्ड ओमोडा र जेइकोले नेपाली उपभोक्ताको मन जितेको उनको भनाइ छ। त्यसमा शारडा समूहअन्तर्गतको एसपीजी अटोमोबाइल्सले दिएको उत्कृष्ट सेवाले ओमोडा तथा जेइको ब्रान्डका गाडी खरिद गर्न उपभोक्तामा कन्फिडेन्स बढेको महाप्रवन्धक चन्दले बताए।  

ओमोडार जेइको नेपाल प्रवेश गरेको एक वर्षमै विद्युतीय सवारी वर्गमा आकर्षक बजार हिस्सासहित ईभी एसयूभीमा तेस्रो स्थानमा रहेन सफल भएको छ। हाल देशभर कम्पनीको १७ वटा शोरुम र सर्भिस सेन्टर संचालनमा छन् भने ३० भन्दा बढी डीसी फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा रहेको छ। कम्पनीले डीसी फास्ट चार्जरको संख्या १ सय वटा पुर्‍याउने जनाएको छ। 

एसपीजी अटोमोबाइल्सले अबको केही महिनाभित्रै जेइको ब्रान्डको दुई नयाँ ईभी ल्याउने तयारी थालिसकेको चन्दको भनाइ छ । कम्पनीले जे फाइभ र भी२३ मोडल ल्याउने लागेको हो। 

एक वर्ष पूरा गरेको अवसरमा विशेष छुट

ओमोडा नेपाल आएको एक वर्ष पूरा गरेको अवसरमा एसपीजी अटोमोबाइल्सले विशेष छुट घोषणा गरेको छ। ओमोडा र जेइकोका विद्युतीय एसयूभी खरिद गर्दा ५ लाख १५ हजार रुपैयाँसम्म छुट दिने कम्पनीको भनाइ छ।

हाल एसपीजी अटोमोबाइल्सले ४ सय ३० किलोमिटर रेन्ज दिने ओमोडा ई फाइभ र ४ सय किलोमिटर रेन्ज दिने जेइको जे सिक्स अफरोड एसयूभीको गाडी बिक्री गर्दै आएको छ।  

कम्पनीका अनुसार ओमोडा र जेइकोका ईभी किन्ने ग्राहकले ३ लाख रुपैयाँ नगद छुट र २ लाख १५ हजार रुपैयाँ बराबरको एसेसरिज तथा अन्य सुविधमा पाउने छन्। जसमा ग्राहकले १ वर्षको इन्स्योरेन्स, ७ किलोवाटको चार्जर निःशुल्क र रोड ट्याक्स निःशुल्क पाउने छन्। साथै ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मका ब्याट्री र मोटरमा वारेन्टि प्रदान गरिने कम्पनीले जनाएको छ।

यो विशेष छुट योजना बिहीबारदेखि आगामी ३१ मार्चसम्म लागु हुने कम्पनीको भनाइ छ।  


प्रकाशित : बिहीबार , चैत ७ २०८११८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend