शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

६ करोड १३ लाख लागतको भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै

आइतबार, चैत ३ २०८१
६ करोड १३ लाख लागतको भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै

अहिलेसम्म एक करोड ५० लाख रुपैयाँ कार्यालयबाट भुक्तानी गरिएको छ। उक्त पुल २९ महिनामा सम्पन्न गर्नेगरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको हो।

पर्वत- कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ। सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण थालिएको उक्त पुल ठेकेदारको लापारवाहीका कारण बन्न नसकेको हो। 

पर्वतको मोदी गाउँपालिका-१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका-८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन। खोलाको एकातिर पुलको केही संरचना तयार भए पनि अन्य काम हुन सकेको छैन। ६ करोड १३ लाख रुपैयाँको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो।

अहिलेसम्म एक करोड ५० लाख रुपैयाँ कार्यालयबाट भुक्तानी गरिएको छ। उक्त पुल २९ महिनामा सम्पन्न गर्नेगरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको हो। 

सडक डिभिजन कार्यालय बागलुङले २०७२ सालमा ठेक्का सम्झौता गरेको उक्त आयोजनाको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ। निर्माण कार्य थाल्न जनप्रतिनिधिले पटकपटक दबाब दिँदै आएका छन्। तर पुल निर्माणले गति लिएको छैन। 'धेरै पटक हामीले पुलका बारेमा सरकारी निकायमा कुरा राखेपछि सडक डिभिजन कार्यालयले बल्ल काम सुरु गरेको छ, तैपनि सम्पन्न हुने/नहुनेमा आशंका छ। ढिलोगरी काम सुरु भएको छ', स्थानीय राजेन्द्र खड्काले भने। 

सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माण व्यावसायीलाई निर्माणस्थलमा खटाएको छ। अहिले पुल निर्माणको काम धमाधम भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिए। अब निर्धारित समयमै सम्पन्न गर्न कार्यालयले निर्माण व्यावसायीलाई निर्देशनसमेत दिएको छ। 

स्थानीय तहको गठनअघि नै निर्माण सुरु भएको पक्की पुलको निर्माण अहिलेसम्म सम्पन्न नहुँदा स्थानीयवासी हैरानी व्यहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताए। स्थानीय तह, संघीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण व्यवसायीले पटकपटक अटेर गरेकाले यस्तो समस्या भएको उनको भनाइ छ। 

यसैबीच निर्माणकार्य सुरु भएको उक्त आयोजनाको राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र प्रदेशसभा सदस्य भक्त कुँवरले स्थगलत अनुगमन गरेका छन्। रासस 


प्रकाशित : आइतबार, चैत ३ २०८१०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend