मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

'मधेश प्रदेशमा स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने'

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २९ २०८१
images
'मधेश प्रदेशमा स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने'

मधेश प्रदेशकै श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले यातायात क्षेत्रका बिचौलिया गतिविधि र दुरुपयोग रोक्न ‘अटोमेटिक ट्रयाल सेन्टर’सहितको कार्यालय भवन बन्न लागेको जानकारी दिए।

images
images

धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताएका छन्। 

images
images
images

आज जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास गर्दै उनले तत्काललाई आफ्नो ध्यान एसइईलाई मर्यादित बनाउनमा केन्द्रित भएको बताए। तर स्वास्थ्य क्षेत्र सुधार अभियान नरोकिने उनको भनाइ थियो।

images
images

सो अवसरमा मुख्यमन्त्री सिंहले यातायात जस्तो व्यस्त सेवा प्रदायक कार्यालयको आफ्नै भवन नभएको अवस्थामा यो सुखद् सन्दर्भ रहेको बताए। उनले यातायात कार्यालयका गलत गतिविधि बन्द गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए।

images
images

त्यसैगरी मधेश प्रदेशकै श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले यातायात क्षेत्रका बिचौलिया गतिविधि र दुरुपयोग रोक्न ‘अटोमेटिक ट्रयाल सेन्टर’सहितको कार्यालय भवन बन्न लागेको जानकारी दिए।
 
कार्यालयको भवनका लागि सीताकुण्डका महन्त राम नरेश दासले एक बिघा जग्गा दान गरेका थिए।

मुख्यमन्त्री सिंह, श्रम तथा यातायातमन्त्री राय, यातायात कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले संयुक्त रुपमा हिन्दु विधिअनुसार भवन निर्माणस्थलको पूजा गरेका थिए। रासस


प्रकाशित : बिहीबार , फागुन २९ २०८११६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend