बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिप्रदी ट्रेडिङद्वारा नेपालमा टाटा एस ईभी १०० भन्दा बढी बिक्री, १० लाख किलोमिटरभन्दा बढी सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २८ २०८१
सिप्रदी ट्रेडिङद्वारा नेपालमा टाटा एस ईभी १०० भन्दा बढी बिक्री, १० लाख किलोमिटरभन्दा बढी सञ्चालन

टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा विद्युतीय यातायात क्रान्ति ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस ईभी १०० वटाभन्दा बढी बिक्री गरेको छ। त्यस्तै उक्त सवरीहरु १० लाख किलोमिटरभन्दा बढी निर्वाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्वपूर्ण उपलब्धि सिप्रदीले मनाएको छ। 

यो विशेष समारोह सिप्रदी ट्रेडिङको शोरूम गैरिधारामा सम्पन्न भएको र जसमा केही विशिष्ट ग्राहकहरूको उपस्थिति रहेको थियो।

नेपालका साना तथा मध्यम उद्यम र कर्पोरेट व्यवसायहरूका लागि टाटा एस ईभीले नयाँ सम्भावनाहरू प्रस्तुत गरेको छ। हालसम्म सतप्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम, र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस इभीलाई काठमाडौं, पोखरा, बुटवल, चितवन, र ईटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको छ। 

टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा विद्युतीय यातायात क्रान्ति ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रममा टाटा मोटर्सका सीभीआईबी हेड असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले टाटा एस ईभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनहरूप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे।

समारोहमा विशेष केक काट्ने कार्यक्रमसमेत आयोजना गरियो, जसले टाटा एस ईभीको सफलतालाई थप उजागर गर्यो। साथै विद्युतीय सवारीको प्रयोगले व्यवसायमा ल्याएको सकारात्मक प्रभावबारे ग्राहकहरूले आफ्ना अनुभवहरू पनि बाँडे।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै टाटा मोटर्सका असिफ शमीमले भने, 'टाटा एस इभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दीगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण हो।'

त्यसैगरी सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठले भने, 'सिप्रदी ट्रेडिङ सधैं नवीनता र दिगोपनको प्रवर्द्धनमा अगाडि छ। टाटा एस इभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि देखाएको छ, र हामी यस यात्रामा गर्वका साथ सहभागी छौँ।'

शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च, र भरपर्दो बिक्रीपछिको सेवाका कारण टाटा एस ईभी व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दैछ। सिप्रदी ट्रेडिङले यस उपलब्धिका साथ भविष्यका लागि दिगो, कुशल, र उन्नत यातायात समाधानहरू उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।


प्रकाशित : बुधबार, फागुन २८ २०८११२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend