बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२०२५ भित्रै थ्रीजी नेटवर्क सटडाउन गर्दै एनसेल, फोरजीमा माइग्रेसन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २८ २०८१
२०२५ भित्रै थ्रीजी नेटवर्क सटडाउन गर्दै एनसेल, फोरजीमा माइग्रेसन गर्ने

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो थ्रीजी सेवा बन्द गर्ने भएको छ। एनसेलले सन् २०२५ भित्रै थ्रीजी सेवा बन्द गर्ने भएको हो। 

फोरजीको विस्तार पर्याप्त भइसकेकाले फ्रिक्वेन्सीको किफायती उपयोग गर्न भन्दै कम्पनीले थ्रीजी नेटवर्क बन्द गर्ने भएको हो। 

आम्दानी निरन्तर घटिरहेकाले सञ्चालनलाई मितव्ययी बनाउन कम्पनीहरूले विभिन्न रणनीतिमा काम गरिरहेका छन्। नेटवर्क कायमै राख्दा खर्च थपिने तर आम्दानी सोहीअनुसार नहुँदा नोक्सानी बढ्दै गएको छ।  

नेपाल दूरसञ्चार प्राधिकरणले पनि किफायती नेटवर्क सञ्चालनका लागि विभिन्न चरणमा छलफल भइरहेको बताएको छ।


प्रकाशित : बुधबार, फागुन २८ २०८१११:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend