बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना प्रवेशमार्गमा छुट मुआब्जा वितरण पुनः सुरु

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २७ २०८१
९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना प्रवेशमार्गमा छुट मुआब्जा वितरण पुनः सुरु

आयोजनाको विकासकर्ता कम्पनी एसएपीडीसीले छुट मुआब्जावापतको ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएपछि वितरण सुरु भएको हो।

संखुवासभा- संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ। 

आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा  सतलज जलविद्युत् निगम (एसएपीडीसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। 

आयोजनाको विकासकर्ता कम्पनी एसएपीडीसीले छुट मुआब्जावापतको ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएपछि वितरण सुरु भएको उनले बताए। 

यसअघि छ्याङकुटी-दिदिङ सडक खण्डअन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले पुस १७ गते आदेश दिएको थियो।

त्यसै आधारमा छुट मुआब्जावापत ५३ करोड आवश्यक पर्नेमा यसअघि २५ करोड रुपैयाँमात्र प्राप्त भएको जनाइएको थियो। सो रकम प्रवेशमार्गका पीडितमध्ये ६० परिवारलाई वितरण गरिसकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए। रासस 


प्रकाशित : मंगलबार, फागुन २७ २०८१११:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend