बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अटोमोबाइल क्षेत्रमा रोजगारी सृजना र प्रशिक्षणलगायतका काम गर्न नाडा र श्रम मन्त्रालयबीच समझदारी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २६ २०८१
अटोमोबाइल क्षेत्रमा रोजगारी सृजना र प्रशिक्षणलगायतका काम गर्न नाडा र श्रम मन्त्रालयबीच समझदारी

डा सो सम्मेलनको वित्तीय सहयोगिभइ सम्मेलनको आयोजक मध्येको एक संस्था भएको छ। नाडा आफनो इतिहासमा पहिलो पटक यस्तो सम्मेलनमा सहभागी भएको हो।

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। अटोमोबाइल क्षेत्रमा रोजगारी सृजना गर्न तालिम प्रशिक्षणलगायत कार्यक्रम गर्नेगरी मन्त्रालय र नाडाबीच समझदारीमा हस्ताक्षर भएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा सोमबारदेखि काठमाडौंमा सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा उक्त समझदारी भएको हो। सो सम्मेलन भोलि २७ गतेसम्म चल्नेछ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन भन्ने नाराका साथ सो सम्मेलन आजदेखि प्रारम्भ भएको हो। नाडा सो सम्मेलनको वित्तीय सहयोगी भइ सम्मेलनको आयोजकमध्येको एक संस्था भएको छ। नाडा आफ्नो इतिहासमा पहिलोपटक यस्तो सम्मेलनमा सहभागी भएको हो। 

श्रम मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालबीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षरसमेत सम्पन्न भएको छ। 

सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका हुन्। यसले रोजगारी र श्रमिकहरुको अभिगवृद्धिका लागि सरकार र नेपालको नीजिक्षेत्र समन्वयात्मक रुपमा अघि बढने अपेक्षा गरिएको छ। यसलाई नाडाले सरकारको हरेक कदममा निजी क्षेत्रलाई समेत सहभागी गराइ अघि बढ्ने संकल्पको रुपमा लिएको छ। 

उक्त सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरु समेत दिएका छन्।

आफ्नो प्रस्तुतीको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगरीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढदो बसाइ सराइले पारेका प्रभावहरु, नेपाली विद्यार्थीहरुले अन्य मुलुकहरुमा जानका लागि गरिरहेको प्रयाश र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरु, नेपालको अटोमोवाइल क्षेत्रले राजस्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोबाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरु, नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरुका विषयमा तथ्यगत प्रस्तुति दिए।  

उक्त सम्मेलनमा नाडाकातर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रिय कार्य समिति आमन्त्रीत सदस्य नारायणप्रसाद पौडेल मेतको उपस्थिति रहेको थियो। 


प्रकाशित : सोमबार, फागुन २६ २०८११७:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend