बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एक युवा १६ वर्षदेखि मलेसियामा वेपत्ता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
एक युवा १६ वर्षदेखि मलेसियामा वेपत्ता

रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन्। महाशिला गाउँपालिका-१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया बिकका छोरा सर्वजित बिक सम्पर्कविहीन भएका हुन्।  

पर्वत- रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन्। महाशिला गाउँपालिका-१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया बिकका छोरा सर्वजित बिक सम्पर्कविहीन भएका हुन्।  

विसं २०६२ मा मलेसिया गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ। 

छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छिन्। राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताइन्। ‘घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौँ’ उनले भनिन्।  

मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उनको भनाइ छ। ‘अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपतविपत पो परेर हो कि अथवा केही भयो कि? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ’, लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना बिकले बताइन्।

काठमाडौं मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताइन्। चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ। सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ। 

बिक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेको छ। छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेको छ। रासस


प्रकाशित : सोमबार, भदौ २८ २०७८०५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend