बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा वी-टक, भाइबर र टिकटकमात्र सूचीकृत, अन्यलाई सूचीकरण गर्न सरकारले गर्‍यो आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २३ २०८१
नेपालमा वी-टक, भाइबर र टिकटकमात्र सूचीकृत, अन्यलाई सूचीकरण गर्न सरकारले गर्‍यो आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गरेका छन्।

काठमाडौं- नेपालमा अहिलेसम्म सामाजिक सञ्जालहरू वी-टक, भाइबर र टिकटकमात्र सूचीकृत भएका छन्। अरु कम्पनीहरूलाई पनि सूचीकरणका लागि सरकारले आग्रह गरेको छ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटर्फमहरुलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गरेका छन्।

सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गरेका हुन्। 

यसअघि मन्त्रालयले सूचीकरणका लागि एक्स, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लेटर्फमलाई ताकेता गरेको थियो। मन्त्रालयको आह्वानपछि गत असोज १६ मा वी-टक, गत वर्षको फागुन २४ मा भाइबर र गत कात्तिक ८ मा टिकटक सूचीकृत भइसकेका छन्। 

मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको बताए।

'हामीले पत्राचार नै गरेर सामाजिक सञ्जाल प्लेटर्फमलाई सूचीकरण गर्न आग्रह गरेका छौँ', उनले भने, 'फेरि अर्कोपटक आह्वान गर्छौं, अटेरी गरे कानूनी दायरामा ल्याउँछौँ।' 


प्रकाशित : शुक्रबार, फागुन २३ २०८११६:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend