बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमडीएमएसमा भ्रष्टाचार भएको विशेष अदालतको फैसला, पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल दोषी ठहर

कर्मचारीले पाए सफाइ

बिहीबार , फागुन २२ २०८१
एमडीएमएसमा भ्रष्टाचार भएको विशेष अदालतको फैसला, पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाल दोषी ठहर

अख्तियारले दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्षसहित १९ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यसमा प्राधिकरणका कर्मचारीले सफाइ पाएका छन्।

काठमाडौं- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिदको प्रक्रियामा भ्रष्टाचार भएको विशेष अदातले फैसला गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै विशेषले खरिद प्रक्रियामा अनियमितता भएको ठहर गरेको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले सो प्रक्रियामा संलग्न प्राधिकरणका दुई पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनाललाई दोषी ठहर गरेको छ। बाँकी कर्मचारीलाई भने सफाइ दिएको छ।

त्यस्तै ठेक्का पाउने कम्पनीका प्रतिनिधि मोहम्मद नूर अमिन बिन मोहम्मद नूर खानलाई पनि दोषी ठहर गरिएको छ। 

दोषी ठहर भएकाहरूबाट ५ करोड ८० लाख जनहरी बिगो कायम गर्दै त्यति नै जरिवाना असुल गर्नुपर्ने अदालतले फैसला गरेको छ। त्यस्तै १ वर्षको कैद सजाया भएकोमा दुई पूर्वअध्यक्षलाई १ महिना थप कैदको सजाय भएको छ। 

अख्तियारले दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्षसहित १९ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यसमा प्राधिकरणका कर्मचारीले सफाइ पाएका छन्। 

तत्कालीन बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवती राम पन्थ, सहायक निर्देशक सन्दिप अधिकारी, सहायक निर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइरालाले सफाइ पाएका छन्। 


प्रकाशित : बिहीबार , फागुन २२ २०८१२२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend