बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

संसदमा ऊर्जामन्त्री खड्काले भने - कुलमान घिसिङले जे भने त्यो सरकारले मानिदिनुपर्ने, सबै विषय ढाकछोप गरिदिनुपर्ने?

बिहीबार , फागुन २२ २०८१
संसदमा ऊर्जामन्त्री खड्काले भने - कुलमान घिसिङले जे भने त्यो सरकारले मानिदिनुपर्ने, सबै विषय ढाकछोप गरिदिनुपर्ने?

बुधबार सभामुखले जवाफ दिन रुलिङ गरेपछि बिहीबारको संसद्‌ बैठकमा मन्त्री दीपक खड्काले घिसिङले चाहेजसरी सरकार अघि बढ्न नसक्ने बताएका हुन्।

काठमाडौं- ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चाहेजसरी सरकार अघि बढ्न नसक्ने बताएका छन्। बुधबार सभामुखले जवाफ दिन रुलिङ गरेपछि बिहीबारको संसद्‌ बैठकमा मन्त्री खड्काले घिसिङले चाहेजसरी सरकार अघि बढ्न नसक्ने बताएका हुन्।

वर्षौँदेखिको प्राधिकरणको विकृति सरकारले ढाकछोप गरेर बस्न नसक्ने समेत उर्जामन्त्री खड्काले प्रष्ट पारेका छन्। 'आयोजनाका ठेकेदारहरूले रकम पाएका छैनन्। नाफा हो कि होइन भन्ने मानेर जनतालाई ३ सय रूपैयाँमा सेयर बेच्दा के भन्लान् जनताल]? कुलमानले जे भन्छन् त्यो मान्नुपर्ने?' उनले प्रश्न गरे।

डेडिकेटेड तथा ट्रंकलाइनमा लाल आयोगले २२ अर्बको साटो ६ अर्बमात्रै उठाऊ भनेकामा घिसिङले भने २२ अर्ब नै नाफा देखाएको खड्काको आरोप छ। 'लाल आयोगले २२ अर्बको साटो ६ अर्ब भनेको छ। २२ अर्ब नाफा हो भनेर देखाइएको छ। २२ अर्ब उठाउन अरबिन्द कुमार मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ। उक्त समितिलाई कुनै प्रमाण दिइएको छैन,' उनले भने।

'प्रतिपक्ष दलका नेताहरूले यो मन्त्रालय सम्हालेका कारण उहाँहरूसँग सल्लाह गरेको हो। तर, उहाँहरूले सहयोगको साटो प्रश्न गर्नुभयो,' उनले भने।

प्राधिकरणो वास्तविक अवस्था कस्तो हो भनेर जानकारी लिन सम्पति मूल्यांकलन गर्नका लागि डीडीए गर्न बोर्डबाट निर्णय भएपनि उनले नमानेको समेत मन्त्री खड्काले बताए। २० पटकसम्म पनि विषयहरु जानकारी लिन खोज्दा घिसिङले टारेर सरकारलाई असफल बनाउन लागि परेको उनको भनाइ छ।

विगतमा आफूले पनि राम्रै मान्छे होलान् भनेर मिलेर काम गर्न खोजेता पनि सुरुदेखि नै ढाँट्ने, छल्ने र राजनीति गर्न केन्द्रित भएपछि समस्या आएको ऊर्जामन्त्री खड्का बताउँछन्। प्राधिकरणभित्र वर्षौँदेखिको विकृति जकडिएर बसेको छ, यसमा प्रश्न गर्दा कुलमान घिसिङले भ्रम छर्दै हिँडेको उनको आरोप छ।

भारतबाट आयात हुने बिजुलीमा सरकार र बोर्डलाई जानकारी नदिइकन महँगोमा खरिद गरिएको छ। यसमा प्रश्न गर्दा घिसिङले सरकारले लोडसेडिङ गर्न लाग्यो भनेर प्रचार गराएको समेत मन्त्री खड्काले आरोप लगाए।


प्रकाशित : बिहीबार , फागुन २२ २०८११५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend