मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

प्रतिनिधिसभा : अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न सांसदको माग

images
बिहीबार , फागुन २२ २०८१
images
प्रतिनिधिसभा : अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न सांसदको माग

'अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गरियोस्। गैरसरकारी सस्था वा अन्तराष्ट्रिय गैरसकारी सस्थामार्फत प्राप्त भएको रकमबारे स्पष्ट जानकारी दिइयोस्।'

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदले नेपालले पाएको अमेरिकी अनुदान सहयोगबारे नेपाल सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेका छन्।

images
images
images

बैठकको आकस्मिक समयमा सांसद रामहरी खतिवडाले अमेरिकाले नेपाललाई प्रदान गरेको अनुदान सहयोग दुरुपयोग भयो भनेर प्रश्न उठिरहेका बेला कुन निकायबाट कस्तो कामका लागि कति खर्च भएको हो भनेर विस्तृत विवरण सार्वजनिक हुनुपर्ने माग गरे। उनले भने, 'अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गरियोस्। गैरसरकारी सस्था वा अन्तराष्ट्रिय गैरसकारी सस्थामार्फत प्राप्त भएको रकमबारे स्पष्ट जानकारी दिइयोस्।'

images
images

उनले अमेरिकाले अवैधानिक रूपमा बसेका नेपालीलाई नेपाल फिर्ता पठाइएको र पत्रकारले प्रश्न गरेकै आधारमा संसद्को पास स्थगन गरिएको भन्ने विषय उठानबारे पनि उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

images
images

बैठकमा सांसद देवेन्द्र पौडेलले पनि अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक नेपाल फिर्ता भएको उल्लेख गर्दै विभिन्न देशमा रहेका नेपाली नागरिकलाई स-सम्मान स्वदेश फिर्ताका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्नुपर्ने बताए। उनले भने, 'दुबई, जापान, क्यानडा, कोरियालगायत मुलुकबाट नेपालीलाई डिपोर्ट गरिएको छ। त्यहाँ समस्यामा परेका नागरिकलाई फिर्ता गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल गरिनुपर्छ।' 

सांसद हरी ढकालले एलपी ग्यास व्यवसायीले कमिसन बढाउन सरकारलाई दबाब दिएकै आधारमा मूल्य बढाउने र बजारमा कृतिम अभाव सिर्जनाको स्थिति बनेको बताए। त्यस्तै, सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य घटाउन भनेर सरकारलाई निर्देशन दिएकोमा हालसम्म पनि कार्यान्वयन हुन नसकेको बताए। उपभोग्य वस्तुमा अत्याधिक मूल्यवृद्धि भएको धारणा पनि उनले राखे।

सांसद माघव सापकोटाले सरकार र शिक्षक महासंघबीच गतवर्ष भएको सहमति कार्यान्वयनका लागि आग्रह गरे। शिक्षकले गतवर्ष पनि आन्दोलन गरेको र त्यसपछि सरकारसँग सहमति भएकोमा त्यसलाई कार्यान्वयन गर्न नसक्दा फेरी आन्दोलित भएको उनको भनाइ छ। शिक्षक महासंघले अहिले फेरि आन्दोलनको तयारी गरिरहेको बताउँदै उनीहरुको जायज माग पूरा गर्न आग्रह गरे।

सांसद अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिमा सरकारले संविधान मिचेको आरोप लगाए। सचिवमा वरिष्ठ कर्मचारीलाई सचिव नियुक्त नगरेर कनिष्ठलाई नियुक्त गरेको तथा आदीवासी जनजाति, मधेशी, महिलाप्रति पूर्वाग्रह राखेको भन्दै स्वास्थ्य मन्त्रीको राजिनामासमेत उनले माग गरे।

सांसद लालप्रसाद सावा लिम्बूले झापाको शिवसताक्षी ११ को क्याम्ब्रिज स्कुलको दुईवटा बस जलेको विषय संसदमा उठान गरे। उनले समग्र विद्यालयको सुरक्षा संवेदनशीलताको विषय संसद्‌मा राखे। रासस


प्रकाशित : बिहीबार , फागुन २२ २०८११४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend