बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार, फागुन २१ २०८१
कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तपाईंलाई पदबाट किन नहटाउने भन्दै चारवटा विषय राखेर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यसअघि उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीन पटक स्पष्टीकरण सोधेको थियो।

मन्त्रालयले घिसिङलाई गएको पुस २२ गते पहिलो र पुस २८ गते दोस्रोपटक स्पष्टीकरण सोधेको थियो। कार्यकारी निर्देशक घिसिङले बुझाएको स्पष्टीकरणमा चित्त नबुझेको भन्दै गत साता तेस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधिएको थियो।

मन्त्रिपरिषद्ले सोधेको स्पष्टीकरणमा डेडिकेटेड र ट्रंकलाइनको विषयमा सरकारलाई किन असहयोग गरेको भन्ने विषयसमेत राखिएको छ।

कार्यसम्पादनको विवरण ढिला बुझाएको साथै भारतसँग महँगोमा बिजुली खरिदको सम्झौता गर्दा सरकारसँग सहमति नलिइएको विषयमा समेत स्पष्टीकरण सोध्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

घिसिङले सरकारलाई पत्तो नदिइ सुटुक्क भारतबाट आयात गरिने बिजुलीको महसुल वृद्धि गर्ने सम्झौता गरेका थिए।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले सोध्यो २४ घण्टे स्पष्टीकरण विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले सोध्यो २४ घण्टे स्पष्टीकरण


प्रकाशित : बुधबार, फागुन २१ २०८१२२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend