बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

संसदबाट विभिन्न ५ अध्यादेश स्वीकृत

बुधबार, फागुन २१ २०८१
संसदबाट विभिन्न ५ अध्यादेश स्वीकृत

यसैगरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश भने ‘होल्ड’ मा राखिएको छ।

काठमाडौं- प्रतिनिधिसभाको आज बुधबारको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल गरेर स्वीकृत गरेको छ।

सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।

यसैगरी भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश भने ‘होल्ड’ मा राखिएको छ।


प्रकाशित : बुधबार, फागुन २१ २०८११८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend