बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सांग्रिला मोटर्सद्वारा लिपमोटर टी०थ्री सार्वजनिक, मूल्य २८ लाख ९९ हजार

मंगलबार, फागुन २० २०८१
सांग्रिला मोटर्सद्वारा लिपमोटर टी०थ्री सार्वजनिक, मूल्य २८ लाख ९९ हजार

लिपमोटर टी०थ्रीमा ३७.३ केडब्लूएच ब्याट्री रहेको छ जसको डब्लूएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २ सय ६५ किमी र अर्बन साकलमा ३ सय ९५ किमी रेन्ज प्रदान गर्छ।

काठमाडौं- प्रतिष्ठित गोल्छा संगठनको सदस्य सांग्रिला मोटर्स प्रालिले मंगलबार लिपमोटर टी०थ्री आधिकारिक रूपमा सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रममा बोल्दै सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिएको बताए। 

लिपमोटर टी०थ्रीमा ३७.३ केडब्लूएच ब्याट्री रहेको छ जसको डब्लूएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २ सय ६५ किमी र अर्बन साकलमा ३ सय ९५ किमी रेन्ज प्रदान गर्छ। यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ।

लिपमोटर टी-०३ मा ‘आईफ्लाई टेक ३.० भोइस इन्टरएक्सन सिस्टम’ दिइएको छ। उक्त भोइस एसिस्टेन्सको सहयोगले फोनकल, नेभिगेसन, मिडिया र अन्य केही फिचर ह्याड्स फ्रीमै कन्ट्रोल गर्न सकिन्छ।

क्लासिक डिजाइनमा उपलब्ध टी-०३ लीपमोटरको ‘प्रोपाइटरी इलेक्ट्री फिकेसन च्यासिस टेक्नोलोजी’मा आधारित छ। यसमा ९३ प्रतिशत हाइ इफिसियन्सी रहेको मोटर रहेको कम्पनीको दाबी छ।

‘फोर इन वान इन्ट्रीग्रेटेड इलेक्ट्रिक कन्ट्रोल सिस्टम’ रहेको टी-०३ मा कम भेहिकल तौलमा नै इन्टेरियर स्पेश पाउन सकिन्छ। लिपमोटरले यसलाई इको, स्ट्याण्डर्ड र स्पोट्स गरी तीन ड्राइभिङ मोड उपलब्ध  गराएको छ।

'हामी लिपमोटर टी०थ्री नेपालमा प्रस्तुत गर्न उत्साहित छौँ, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ,' सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने।

leap t03 pri.jpeg

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान र लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै ब्रान्डको नेतृत्व, दृढता र उत्कृष्टताले यसको मूल्य झल्काउने बारेमा आफ्नो मन्तव्य राखेका थिए।

सांग्रिला मोटर्स प्रालि २०१७ देखि प्यूजोको आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ। त्यसपछि कम्पनीले लिपमोटर नेपाल ल्याएको हो। सुरुमा लिपमोटर सी१० सार्वजनिक गरेको र अहिले लिपमोटर टी०थ्रीको लञ्चले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ सुदृढ बनाएको छ।

सांग्रिला मोटर्स नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित छ।

सांग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो जसले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप काम गर्ने कम्पनीको रुपमा परिचित छ। 

नेपालमा लिपमोटर र सिट्रोनका आधिकारिक विक्रेता सांग्रिला मोटर्सले नवीनतम प्रविधियुक्त र दिगो विकासलाई प्राथमिकता दिने सवारी साधनहरूलाई प्राथमिकतामा राख्ने गर्छ, जसले कम्पनीको दूरदर्शी सोच र गतिशील योजनालाई परिभाषित गरेको छ।


प्रकाशित : मंगलबार, फागुन २० २०८११५:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend