बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौं महानगरपालिकाले गरिब गन्न माग्यो २३१ कर्मचारी

मंगलबार, माघ १८ २०७८
काठमाडौं महानगरपालिकाले गरिब गन्न माग्यो २३१ कर्मचारी

यसमा काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दालाई प्राथमिकता दिने महानगरले जनाएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरभित्र गरिब पहिचान गर्न २ सय ३१ जना कर्मचारी माग गरेको छ। महानगरले २१ जना सुपरिवेक्षक र २ सय १० जना गणक मागेको हो। 

इच्छुक व्यक्तिले ७ दिनभित्र आवेदन दिनसक्ने गरि महानगरले मंगलबार सूचना निकालेको छ। स्नातक अध्ययन गरि कम्प्युटरसम्बन्धि ज्ञान भएको, १८ वर्षदेखि ४० वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने छन्।

यसमा काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दालाई प्राथमिकता दिने महानगरले जनाएको छ। महानगरले आफ्नो सीमामा रहेका गरिबको पहिचान गरि परिचयपत्र वितरण गर्ने योजना बनाएको छ। 


प्रकाशित : मंगलबार, माघ १८ २०७८०५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend