बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुरु भयो दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने ‘एमएडब्लू ईभी कार्निभल’

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १९ २०८१
सुरु भयो दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने ‘एमएडब्लू ईभी कार्निभल’

एमएडब्लू वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउने छन्।

काठमाडौं- नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आइतबारबाट काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेटलगायत देशभरका सोरुमहरूबाट ईभी कार्निभल सुरु गरेको छ। 

बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकहरूले दिपल, नामी र सेरेसको टेस्ट डङाइभ र एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ। 

एमएडब्लू वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउने छन्। 

ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउने कम्पनीको भनाइ छ। यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ जसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा घर लान सकिनेछ। साथै हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउने छन् भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आइफोन१६ प्रोम्याक्स प्राप्त गर्ने छन्।  

यो मेलामा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि गर्न सक्नेछन् जुन एउटा सिंगल बटनमा एसयूभीबाट पिकअप ट्रकमा परिणत हुन्छ। 

साथै यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रीको टेस्ट ड्राइभ गर्न सक्नेछन्। तसर्थ यो इभेन्ट हरेक ईभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुने कम्पनीको भनाइ छ। 


प्रकाशित : सोमबार, फागुन १९ २०८११०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend