बुधबार, वैशाख २४ गते २०८२    
बुधबार, वैशाख २४ २०८२
images
images

भूकम्पमा भाग्दा काठमाडौंमा दुईजना घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १६ २०८१
images
भूकम्पमा भाग्दा काठमाडौंमा दुईजना घाइते

घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भइ शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भइ बानेश्वर बस्ने हरि गैरे रहेका छन्।

images
images

काठमाडौं- सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको ६ दशमलव १ म्याग्निच्युडको भूकम्पका बेला भाग्दा काठमाडौंमा दुई जना घाइते भएका छन्। 

images
images
images

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बानेश्वरमा भाग्ने क्रममा दुई जना घाइते भएको जानकारी दिए।

images
images

घाइते हुनेमा उदयपुरको त्रियुगाका घर भइ शान्तिनगर बस्ने प्रशान्त थिलिङ र नवलपरासी मध्यविन्दु घर भइ बानेश्वर बस्ने हरि गैरे रहेका छन्।

images
images

थिलिङ भाग्ने क्रममा सडकपेटीमा लडेर घाइते भएका र गैरे होस्टेलबाट भाग्ने क्रममा घाइते भएको प्रहरीले जानकारी दिएको छ। आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो। 

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले पुर्वी नेपालका केही जिल्लाहरूमा सामान्य घरहरू भत्किएका र केही सामान्य घाइते भएका जानकारी आए पनि ठूलो क्षति नभएको जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, फागुन १६ २०८११८:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend