शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कालिपुल बसपार्क क्षेत्रमा ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १४ २०८१
कालिपुल बसपार्क क्षेत्रमा ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो

'सम्झौतालगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्र भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो, उक्त कम्पनीको कालोपत्र गर्ने उपकरण नभएको र अरुका उपकरणमा भरपर्दा ढिलाइ भएको हो।'

म्याग्दी- म्याग्दीको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका-८ कालिपुल बसपार्क क्षेत्रमा ठेक्का अवधि सकिएपछि सडक कालोपत्रको काम सुरु भएको छ।  

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक, बेनी-जोमसोम-कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर दूरीमा अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए।  

'उक्त सडक कालोपत्र गर्न २०८१ भदौ १४ गते बेनीको निर्माण कम्पनीले रु ९२ लाख ४१ हजारमा ठेक्का सम्झौता गरेको थियो', उनले भने, 'माघ मसान्तमा ठेक्का सम्झौताको अवधि सकिएपछि फागुन १ गतेदेखि लागू हुनेगरी कुल रकमको दैनिक ०.०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाले जनाएको छ।' 

बेनी नगरपालिका-८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जनप्रतिनिधि र स्थानीवासीको दबाब, सम्बद्ध निकायले जरिवाना तिराउन थालेपछि निर्माण व्यवसायीले सम्झौता गरेको पाँच महिनापछि कालोपत्र गर्न थालेका बताए।

'सम्झौतालगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्र भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो', उनले भने, 'उक्त कम्पनीको कालोपत्र गर्ने उपकरण नभएको र अरुका उपकरणमा भरपर्दा ढिलाइ भएको हो।' 

यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो। सक्षम ब्रर्दशका सञ्चालक मनोज कार्कीले मङ्गलबार रातिसम्म काम गरिएको, बुधबार शिवरात्रि पर्व भएकाले काम रोकिने र बिहीबार सम्पन्न गर्ने बताए। रासस


प्रकाशित : बुधबार, फागुन १४ २०८११५:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend