बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कुपे डिजाइनको कर्भ डट ईभी नेपाली बजारमा, यस्ता छन् मुख्य विशेषता

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १४ २०८१
कुपे डिजाइनको कर्भ डट ईभी नेपाली बजारमा, यस्ता छन् मुख्य विशेषता

सोहि कार्यक्रममा कर्भ.ईभीको साथै टाटाका नयाँ गाडीहरु नेक्सन केथ्री.ईभी र टियागो.ईभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरेको हो।

काठमाडौं- भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा.ईभीको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कर्भ.ईभीको टप भेरिएन्ट सार्वजनिक गरेको हो। 

राजधानीमा आयोजित 'टाटा ईभी : चार्जज्ड फर द  फ्युचर' कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खण्डेलवालले कर्भ.ईभी सार्वजनिक गरेका हुन्। टाटा कर्भ ईभीको टप भेरिएन्ट मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ। 

सोहि कार्यक्रममा कर्भ.ईभीको साथै टाटाका नयाँ गाडीहरु नेक्सन केथ्री.ईभी र टियागो.ईभी २०२५ को मोडल पनि नेपालमा डेलिभरी सुरु भएको घोषणा गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै टाटा पेसेन्जर इलेक्ट्रिक  मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खण्डेलवालले भने, 'टाटा ईभी : चार्जज्ड फर द फ्युचरले नेपालको समग्र ईभी इको सिस्टमलाई सबल र  सुदृढ गर्ने प्रति टाटाको प्रतिवद्धतालाई पुनस् पुष्टि गर्दछ। हाम्रो उद्देश्य भनेको  नयाँ र गुणस्तरयुक्त उत्पादन मार्फत समग्र नेपाली यातायात प्रणालीको विद्युतीकरणको दिशामा सकारात्मक योगदान गर्नु हो। नेपालमा कर्भ।ईभीको प्रवेशसँगै विशिष्ट प्रकारको अत्याधुनिक एसयूभी कुपे  डिजाइनको सुरुवात भएको  छ। प्रभावकारी रेन्ज र नयाँ  प्रविधिले सम्पन्न  यस गाडीले नेपाली अटो बजारमा 'प्रिमियम मोबिलिटी' लाई साँच्चै सम्भव बनाएको छ।'    

त्यस्तैगरी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत  राजन बाबु श्रेष्ठले भने, 'हामी नेपालमा कर्भ.ईभी टप भेरिएन्ट भित्र्याउन  पाउँदा अत्यन्त उत्साहित छौँ। कर्भ.ईभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपुर्ण नेपाल बाटो घाटोलाई सुहाउने प्रिमियम गाडी भएकोले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजइमा पर्नेमा हामी ढुक्क छौँ।'

कर्भ ईभी टप भेरिएन्टको विशेषताहरू

कर्भ.ईभी टप भेरिएन्ट टाटा.ईभीको उन्नत पियोर ईभी  आर्किटेक्चर एक्टी।ईभी मा आधारित छ। यसमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ। ५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिने छ। 

नेपाली बाटोमा सजिलै ३८० किलोमिटरको रेञ्ज पाउन सकिन्छ। यसमा एडीएएस लेभल २ को क्षमता, ६ वटा एयरब्याग, अलह्वील डिस्क ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ भीबीएस सहितको इएसपी रहेको कर्भ ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ। 

गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस(असिस्टेड पानोरामिक सनरूफ, मल्टि(मूड एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिट जस्ता विशेषताहरू छन्।

यस एसयूभीमा सरल र सहज चार्जिङको लागि  घरको भित्तामा जडान गर्न मिल्ने ७.२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा छ।  


प्रकाशित : बुधबार, फागुन १४ २०८१११:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend