शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

द्रुतमार्गको भौतिक प्रगति ३८ र वित्तीय प्रगति ३९ प्रतिशत, २०८३ चैतसम्ममा काम सक्ने सेनाको लक्ष्य

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १२ २०८१
द्रुतमार्गको भौतिक प्रगति ३८ र वित्तीय प्रगति ३९ प्रतिशत, २०८३ चैतसम्ममा काम सक्ने सेनाको लक्ष्य

राजधानीबाट तराई जोड्ने छोटो दुरीको उक्त आयोजना सम्पन्न भएपछि तराईबाट काठमाडौं ल्याउन सामानको ढुवानी लागत घट्ने मात्र नभइ मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने अपेक्षासहित आयोजना प्रारम्भ गरिएको हो।

काठमाडौं- नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौं-तराई मधेश द्रुतमार्गका भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ।

कुल ७०.९७७ किमी दुरीको द्रुतमार्ग आयोजनाअन्तर्गत रहेका सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रु’ भइसकेका र दुईवटा निर्माणाधीन रहेका छन्। अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए।

विभिन्न कारणले उक्त आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि लक्ष्यअनुसार कार्य सम्पन्न गर्न कोसिस भइरहेको उनले बताए। 

आयोजनाको प्रस्थान बिन्दु खोकनामा जग्गा प्राप्तिसम्बन्धी विवाद अझै टुंगिसकेको छैन। उक्त आयोजना नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको प्रमुख शाहले बताए। 

राजधानीबाट तराई जोड्ने छोटो दुरीको उक्त आयोजना सम्पन्न भएपछि तराईबाट काठमाडौं ल्याउन सामानको ढुवानी लागत घट्ने मात्र नभइ मुलुकको समग्र आर्थिक विकासमा कायापलट हुने अपेक्षासहित आयोजना प्रारम्भ गरिएको हो। 

प्रकाशित : सोमबार, फागुन १२ २०८११०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend