बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडाको सहयोगमा पोखरामा ‘नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५’ आयोजना हुने

शुक्रबार, फागुन ९ २०८१
नाडाको सहयोगमा पोखरामा ‘नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५’ आयोजना हुने

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको हो।

काठमाडौं- आगामी चैत्र १४ देखि १७ गतेसम्म पोखराको प्रदर्शनीकेन्द्रमा ‘नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५’ आयोजना हुने भएको छ। नाडाले पहिलो पटक काठमाडौं बाहिर अटो शो गर्न लागेको हो। 

वाडा अटो शोका लागि वाडाले बिहीबारदेखि बुकिङ खुल्ला गरेको छ। गएको पुस २० गते काठमाडौंमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) का पदाधिकारी तथा सदस्यहरूबीच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। 

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो सो आयोजना गर्न लागिएको हो। 

नाडा प्रिजेन्ट्स् वाडा अटो शोमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, हेभि कमर्सियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिष्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले जनाएको छ। 

वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्‍याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेन्ट्स् वाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नवीनतम् प्रविधिहरूको साक्षात्कार गराउने अपेक्षा वाडाले राखेको छ। 

यसै क्रममा नाडाले सम्भाव्यता अध्ययनगरी आफना प्रदेश एशोसिएसनहरूमार्फत नेपालका अन्य मुख्य मुख्य सहरहरूमा अटो प्रदर्शनीको आयोजना गर्ने नाडाले जनाएको छ।


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend