शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा ७७ प्रतिशत भौतिक प्रगति

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ८ २०८१
मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा ७७ प्रतिशत भौतिक प्रगति

पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी-जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

तनहुँ- मुग्लिन-पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७.७ प्रतिशत भौतिक प्रगति भएको छ।

पूर्वी खण्डमा पर्ने ४१.४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्र गरिएको हो। त्यसमा ३४.५४ मा चार लेन र ३.०१ मा दुई लेन सडक कालोपत्र गरिएको हो।

आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण) को कालोपत्र भएको छ। सोमा १५.६ चारलेन र १२.७३ किलोमिटर दुई लेन रहेको आयोेजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको थियो। दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुनेछ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए। 

'दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ', उनले भने, 'जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ।'

पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी-जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

विसं २०८१ बैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो। हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ। एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो। रासस


प्रकाशित : बिहीबार , फागुन ८ २०८११४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend