बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इन्डोनेसियाको ईभी नीति : सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेसन, बलियो ब्याट्री उद्योग र सस्तो मूल्यमा गाडी

बुधबार, फागुन ७ २०८१
इन्डोनेसियाको ईभी नीति : सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेसन, बलियो ब्याट्री उद्योग र सस्तो मूल्यमा गाडी

इन्डोनेसियामा विद्युतीय सवारीसाधन विकास गर्ने रणनीतिमा तीन मुख्य घटक समावेश छन्। जसमा ब्याट्री निर्माण उद्योग बलियो रुपमा अघि बढाउनु, पूर्वाधारको तयारी सुनिश्चित गर्नु र ग्राहकहरूको लागि विद्युतीय सवारीसाधनलाई किफायती बनाउनु रहेको छ।

काठमाडौं- इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) का लागि चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको छ।

इन्डोनेसियाले सन‍् २०३० सम्ममा देशभित्र विद्युतीय सवारी साधनको संख्या ९ लाख ४३ हजार युनिट पुग्ने अनुमान गरेको छ। राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको तथ्यांकअनुसार इन्डोनेसियामा हाल विभिन्न स्थानमा ३ हजार २ सय ३३ चार्जिङ स्टेसनहरू छन्।

'चार्जिङ स्टेसनहरूको विस्तारको उद्देश्य आयातित इन्धनमाथिको निर्भरता घटाउने, कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जालाई गति दिनु हो' ऊर्जा तथा खनिज संशाधन मन्त्रालयका विद्युत महानिर्देशक जिस्मान हुताजुलुलाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ।  

इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रतिदिन औसत १.४ लाख ब्यारेल छ। ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको जनाइएको छ। यसले इन्डोनेसियामा वार्षिक रूपमा एक लाख टन कार्बनडाइअक्साइड उत्सर्जनमा कटौती गर्ने अनुमान गरिएको छ।

इन्डोनेसियाले विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र पार्न र फस्टाउँदो घरेलु उद्योगलाई बढावा दिन विभिन्न नयाँ नीतिहरू अपनाउँदैछ। स्थानीय रोजगारी, आपूर्ति शृंखला र प्रविधि हस्तान्तरणमा लगानी बढाउन आवश्यक रहेको उल्लेख गर्दै इन्डोनेसियाले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरिरहेको छ। 

इन्डोनेसियामा विद्युतीय सवारीसाधन विकास गर्ने रणनीतिमा तीन मुख्य घटक समावेश छन्। जसमा ब्याट्री निर्माण उद्योग बलियो रुपमा अघि बढाउनु, पूर्वाधारको तयारी सुनिश्चित गर्नु र ग्राहकहरूको लागि विद्युतीय सवारीसाधनलाई किफायती बनाउनु रहेको छ। 

प्रकाशित : बुधबार, फागुन ७ २०८११०:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend