बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमएडब्लू अर्थमुभर्सले सार्वजनिक गर्‍यो जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर, ५ वर्षको वारेन्टी

मंगलबार, फागुन ६ २०८१
एमएडब्लू अर्थमुभर्सले सार्वजनिक गर्‍यो जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर, ५ वर्षको वारेन्टी

कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरणसहित जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिएको थियो।

काठमाडौं- एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एक्साभेटर सार्वजनिक गरेको छ। 

कम्पनीले सोमबार जेसीबी एनएक्टी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्साभेटर बजारमा ल्याएको हो। जेसीबी नेपाली बजारमा हेभी इक्युपमेन्टको सबैभन्दा धेरै बजार हिस्सा भएको कम्पनी हो।

एमएडब्लू अर्थमुभर्सले सोमबार दुई एस्काभेटर सार्वजनिकसँगै ललितपुरको झम्सिखेल स्थित द प्लाजामा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरूसहितको छलफल पनि गरेको थियो। सो कार्यक्रममा करिब ७ सय जना सरोकारवालाहरूको सहभागिता थियो।

कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरणसहित जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिएको थियो। कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवाललगायतको सहभागिता रहेको थियो।

पछिल्लो केही वर्षयता नेपालको निर्माण क्षेत्र निक्कै सुस्त रहेको तर अब भने केही मुभमेन्ट आउन थालेकाले आफूहरुले यसलाई थप चलायमान बनाउन नयाँ मेसिन बजारमा ल्याएको एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालले बताए।

'हामीले यसअघि बिक्री गरेका जेसीबीका मेसिनहरु पछिल्लो ६ महिनायता सञ्चालन भएको तथ्यांकका आधारमा विकासका काम केही चलायमान हुन थालेको देखेपछि नयाँ एस्काभेटर बजारमा ल्याएका हौँ,' अग्रवालले भने, 'जेसीबीले मेसिन मात्र बिक्री गर्ने नभइ बिक्रीपछिको सेवा र मेसिनको उत्पादकत्व बढाउन निरन्तर काम गरिरहेको छ।' 

भारत र नेपालको भौगोलिक टेरियन उस्तै भए पनि नेपालका लागि थप अध्ययन गरेर यहाँका निर्माण व्यवसायीको उत्पादकत्व बढाउने गरि मेसिन निर्माण गरेर पठाउँदै आएको जेसीबी इन्डियाका एमडी तथा सीईओ दिपक शेट्टीले बताए। 'नेपाली बजारलाई जेसीबी इन्डियाले प्राथमिकतामा राखेको छ। राम्रो मेसिन उपलब्ध भएकै कारण धेरैको रोजाइमा परेको छ,' उनले भने, 'नेपाली उपभोक्तालाई हामीले नयाँ मेसिनमा ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी दिएका छौँ।'  

'लिडर इन एक्साभेटर' भन्ने थिममा आधारित कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन् मेसिनरी उत्पादन गर्ने जेसिबीको प्रतिबद्धतामा प्रकाश पार्नेछ। जेसीबी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन् कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने २२५ एलसीएम ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ।

यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र सहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ।

जेसीबी एनएक्सटी शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने जेसीबीको समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने पक्का छ।


प्रकाशित : मंगलबार, फागुन ६ २०८११२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend