बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विष्णु न्यौपानेको सर्वोत्तम सिमेन्टले लियो दुई दशक पुरानो जगदम्बा सिमेन्टको पूर्ण स्वामित्व

आइतबार, फागुन ४ २०८१
विष्णु न्यौपानेको सर्वोत्तम सिमेन्टले लियो दुई दशक पुरानो जगदम्बा सिमेन्टको पूर्ण स्वामित्व

काठमाडौं- सर्वोत्तम सिमेन्टले दुई दशक पुरानो ब्राण्ड खरिद गरेको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्‌सले शुभश्री जगदम्बा सिमेन्ट मिल्स र जगदम्बा सिमेन्ट कम्पनी खरिद गरेको छ। जगदम्बा सिमेन्ट सन् २००१ मा स्थापना भएको हो।

सर्वोत्तम सिमेन्टको छैठौँ साधारण सभामार्फत खरिदको निर्णय सार्वजनिक गरेको छ। कम्पनीले शुभश्री जगदम्बा सिमेन्ट मिल्सको सेयर १०० रुपैयाँका दरले र जगदम्बा सिमेन्ट प्रालिको सेयर १५ रुपैयाँका दरले खरिद गरेको हो।

कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले हाल सञ्चालनमा रहेको दुवै उद्योग खरिद गर्दा करिब २३ वर्ष पुरानो ब्राण्डका साथै डिलर नेटवर्क कम्पनीले पाउने सेयरधनीलाई बताएका थिए। जगदम्बा सिमेन्ट प्रालि र शुभश्री जगदम्बा सिमेन्ट मिल्स खरिदको क्रममा दुबै कम्पनीको स्वतन्त्र लेखा परीक्षकबाट (डीडीए) प्रतिवेदन तयार गरी प्रतिवेदनबमोजिम दुवै उद्योग खरिद गरेको उनले जानकारी गराए।

नयाँ उद्योग स्थापना गर्दा हालको लगानीको तीन गुणा ठूलो पुँजीको आवश्यकताका साथै उद्योग स्थापनापश्चात उत्पादनका लागि आवश्यक बजार पवर्द्धन हुनेसमेत उनले साधारणसभामा सेयरधनीलाई जानकारी गराएका थिए।

योसँगै जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिएको छ। १ अर्ब रुपैयाँ पुँजी रहेको जगदम्बा सिमेन्टमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपका न्यौपाने दाजुभाइको ५५ प्रतिशत स्वामित्व थियो। सर्वोत्तम सिमेन्टले ठूलो संख्यालाई रोजगारी दिलाएको छ। 


प्रकाशित : आइतबार, फागुन ४ २०८११९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend