शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

हुलाकी राजमार्ग : निर्माण सुरु भएको १७ वर्षपछि रतुवा खोलामा बन्यो पक्की पुल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २ २०८१
हुलाकी राजमार्ग : निर्माण सुरु भएको १७ वर्षपछि रतुवा खोलामा बन्यो पक्की पुल

पहिलोपटक आर्थिक वर्ष २०६४/६५ मा कालिका-ओसिए जेभीले १० करोड ३२ लाखमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो। तीन सय ४८ मिटर लम्बाइ रहेको सो पुल दुई सय चार दशमलव आठ मिटर मात्रै निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो।

झापा- झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल बनेको हो। उनले पुल निर्माण सम्पन्न भएसँगै पहुँच मार्ग विस्तारको काम भइरहेको बताए। 

विसं २०८१ असार १७ गते सम्पन्न हुनेगरी देव एण्ड सायर/समता/आशिषदीप जेभीसँग विसं २०७९ पुस १७ गते २२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो। उक्त कम्पनीले अघिल्लो निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको पुल निर्माण सम्पन्न गरेको उनले बताए। 

सूचना अधिकारी पन्तका अनुसार पहिलोपटक आर्थिक वर्ष २०६४/६५ मा कालिका-ओसिए जेभीले १० करोड ३२ लाखमा पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो। तीन सय ४८ मिटर लम्बाइ रहेको सो पुल दुई सय चार दशमलव आठ मिटर मात्रै निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो। 

'पुल निर्माणपछि सवारीसहित आवतजावत सुरु भएको छ', उनले भने, 'सम्भवतः यही महिनाभित्र पहुँच मार्ग निर्माणपछि पुल सञ्चालन सहज रूपमा हुन्छ।' पुलको सुरक्षाका लागि खोलामा तटबन्ध निर्माण पनि भइरहेको छ। 

उनले कनकाइ खोला पुल निर्माणसँगै पूर्वको मेची पुलदेखि विराटनगरसम्म हुलाकी राजमार्ग सहज रूपमा सञ्चालनमा आउने बताए। ठेकेदारको लापरवाहीले सो पुल निर्माणमासमेत ढिलाइ भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, फागुन २ २०८११७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend