बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अल न्यु निसान म्यागनाइट काठमाडौंमा, आगामी साता सार्वजनिक हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २ २०८१
अल न्यु निसान म्यागनाइट काठमाडौंमा, आगामी साता सार्वजनिक हुने

एक्टेरियर र इन्टेरियरमा केही परिमार्जन गरेर निसानले भारतमा केही महिनाअघि सार्वजनिक भएको निसानको अल न्युन म्यागनाइट नेपाली बजारमा भित्रिएको हो।

काठमाडौं- जापानी कार निर्माता कम्पनी निसानको कम्प्याक्ट एसयूभी निसान म्यागनाइटको नयाँ भर्सन काठमाडौं आइपुगेको छ। निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले अल न्यु निसान म्यागनाइट ल्याएको हो। 

नेपाली उपभोक्ताले निकै रुचाएको कम्प्याक्ट एसयूभी म्यागनाइट आगामी साता बिक्रीका लागि सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ। एक्टेरियर र इन्टेरियरमा केही परिमार्जन गरेर निसानले भारतमा केही महिनाअघि सार्वजनिक भएको निसानको अल न्युन म्यागनाइट नेपाली बजारमा भित्रिएको हो। 

अल न्यु निसान म्यागनाइट मा १ लिटर टर्बो पेट्रोल र १ लिटर नेचुरल्ली एसपायर्ड पेट्रोल इन्जिन रहेको छ। यी इन्जिनले क्रमशः १ सय पीएस र ७२ पीएस पावर जेनेरेट गर्छ। निसान म्यागनाइट नर्मल इन्जिनले ९६ एनएम र टर्बो इन्जिनले १ सय ६० एनएम र्टक जेनेरेट गर्छ। 

अल न्यु निसान म्यागनाइटको फ्युल इफिसियन्सी राम्रो रहेको छ। यो कारले एक लिटर पेट्रोलले अधिकतम् १९.९ किलोमिटरसम्म माइलेज दिने दाबी कम्पनीले गरेको छ। 

all new magnite.jpeg

यो कारमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ६ एयरब्याग, ३६० डिग्री क्यामरालगायत विशेषता रहेका छन्। भारतमा विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेको अल न्यु म्यागनाइट कति भेरियन्टमा नेपाल आयो भन्ने बारेमा कम्पनीले खुलाएको छैन। 

मूल्यलगायतका बारेमा पायोनियर मोटो कर्पले आगामी साता नयाँ म्यागनाइट सार्वजनिक गर्ने क्रममा बताउने जनाएको छ। 

२०२१ मा ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयूभी निसान म्याग्नाइट अटोमेटेड मेनुअल ट्रान्समिसनसहित सार्वजनिक भएको थियो। 


प्रकाशित : शुक्रबार, फागुन २ २०८११४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend