बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटाको नयाँ सफारी नेपाली बजारमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १ २०८१
टाटाको नयाँ सफारी नेपाली बजारमा

सुरक्षामा ग्लोबल एनसीएपीबाट ५ स्टार रेटिङ प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रिमियम एसयूभी नयाँ टाटा सफारी सार्वजनिक गरेको छ। 

७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक प्रविधिको बेजोड सम्मिश्रण हो। शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरूलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ।

नयाँ टाटा सफारीको नेपालमा बिक्रीबारे सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ नेपाली बजारमा प्रिमियम फ्ल्यागसिप एसयूभी नयाँ सफारीको सार्वजनिक भएसँगै उपभोक्ताले प्रिमियम एसयूभीको अनुभव गर्न पाउने बताए।

‘ल्याण्ड रोभरको डीएट प्लेटफर्ममा आधारित ओमेगाआर्क आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ,’ उनले भने, ‘नेपाली ग्राहकहरूको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडी, लक्जरी ७ सिटर खोजिरहनु भएको ग्राहकहरूको पहिलो रोजाईमा पर्नेमा हामी विश्वस्त छौँ।’  

कम्पनीका अनुसार नयाँ टाटा सफारीमा डुअल-जोन पूर्ण स्वचालित एयर कन्डिसनिङ, मेमोरी र वेलकम सुविधासहित ६ वटा तरिकाले समायोजन गर्न मिल्ने ड्राइभर सिट र अगाडि भेन्टिलेटेड सिट जस्ता विशेषताहरू उपलब्ध रहेका छन्। 

त्यसैगरी टाटा सफारीको यस नयाँ मोडेलमा १२.३० इन्चको हर्मन टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ९ वटा जेबिएल स्पिकर, मुड लाइटिङसहितको भ्वाइस असिस्टेड प्यानोरामिक सनरूफ र ११ वटा प्रमुख विशेषता सहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएस) लगायतका सुविधाहरू यस गाडीमा उपलब्ध छन्। 

सुरक्षामा ग्लोबल एनसीएपीबाट ५ स्टार रेटिङ प्राप्त गरेको नयाँ टाटा सफारी नेपाली बाटोको लागि सुरक्षित रहेको सिप्रदीले जनाएको छ। 

यस्तै ३६० डिग्रीको सराउन्ड भ्यु सिस्टम, वायरलेस चार्जर, अटो होल्ड विशेषतासहितको इलेक्ट्रोनिक पार्क ब्रेक, जेस्चर कन्ट्रोल्ड पावर्ड टेलगेट, ७ वटा एयरब्याग रहेको नयाँ टाटा सफारीको सुरुवाती मूल्य १ करोड  २१ लाख ९९ हजार रुपैयाँ रहेको छ। 

सिप्रदीको नेपालभर रहेका टाटा मोटस्का शोरुमहरूमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ।


प्रकाशित : बिहीबार , फागुन १ २०८११९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend