बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ओमाडा एन्ड जेइकोले मनायो नेपालमा '८०० प्लस' सवारीसाधनको उत्सव

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३० २०८१
ओमाडा एन्ड जेइकोले मनायो नेपालमा '८०० प्लस' सवारीसाधनको उत्सव

काठमाडौं- ओमाडा एन्ड जेइको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर सडकमा ८०० भन्दा बढी सवारीसाधन सञ्चालनमा ल्याएको उल्लेखनीय उपलब्धि हासिल गरेको घोषणा गरेको छ। यो उपलब्धि मनाउन काठमाडौं उत्तरढोकामा रहेको सोरूममा उत्सव कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवम् ओमाडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर, दीपेन्द्र सिंह ऐरी उपस्थित थिए। साथै एसपिजि टिमबाट गौरव शारडा (निर्देशक), धिरेन तामाङ (ग्रुप अध्यक्ष), ज्ञानेन्द्र बहादुर चन्द (महाप्रबन्धक, सेल्स एन्ड मार्केटिङ) र राजेन्द्र तिमिलसेना (महाप्रबन्धक, फाइनान्स) पनि उपस्थित थिए।

कार्यक्रमको विशेष आकर्षण ८०० भन्दा बढी ओमोडा जेइकोको बिक्री समारोहमा ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बेसेडर दीपेन्द्र सिंह ऐरीसँग उत्सव मनाउनु रहेको कम्पनीले जनाएको छ। यस अवसरमा अतिथिहरूलाई ब्रान्ड एम्बेसडरसँग संवाद गर्ने, ओमाडा एन्ड जेइकोका मोडेलहरू अवलोकन गर्ने र नेपालको सन्दर्भमा ब्रान्डको यात्रा तथा भविष्यबारे जानकारी प्राप्त गर्ने मौका प्रदान गरिएको जनाइएको छ।

सडकमा ८०० भन्दा बढी सवारी साधन पुग्नुमा ग्राहकहरूको विश्वास र भरोसाको प्रतिफल रहेको कम्पनीले जनाएको छ।

ओमोडा एन्ड जेइको नवप्रवर्तन र गुणस्तरमा प्रतिबद्ध रहँदै नेपाली बजारका आवश्यकताअनुसार उत्कृष्ट अटोमोटिभ समाधान दिन निरन्तर काम गरिरहेको कम्पनीको भनाइ छ।


प्रकाशित : बुधबार, माघ ३० २०८११६:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend