बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौंमा देखियो टाटा कर्भ ईभी

बुधबार, माघ ३० २०८१
काठमाडौंमा देखियो टाटा कर्भ ईभी

टाटा मोटर्सले पहिलोपटक बनाएको कुपे डिजाइन एसयूभी कर्भलाई भारतमा दुई ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ। कर्भको मिड रेन्ज मोडल एमआरमा ४५ र लङ रेन्ज मोडल ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

काठमाडौं- टाटा मोटर्सको विद्युतीय कार 'टाटा कर्भ' काठमाडौं आइपुगेको छ। कुपे डिजाइनमा तयार भएको आकर्षक विद्युतीय एसयूभी कर्भ ईभी काठमाडौं आइपुगेको हो। 

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ विद्युतीय एसयूभी ल्याएको हो। पहिलो चरणमा कम्पनीले परीक्षण प्रयोजनका लागि केही थान कर्भ ईभी ल्याएको हो। 

भारतमा ६ महिना अगाडि सार्वजनिक भएको कर्भ विद्युतीय एसयूभी कम्पनीले केही ढिलोगरी नेपाल ल्याएको हो। सिप्रदीले गएको सेप्टेम्बरमा पन्च ईभी नेपाल ल्याएको थियो। भारतमा टाटा मोटर्सले नयाँ डिजाइनको कर्भ ईभी र आईसीई दुवैमा सार्वजनिक गरेर बिक्री गरिरहेको छ। नेपालमा पनि कर्भको ईभी भर्सन पहिले आएको छ। 

टाटा मोटर्सले पहिलोपटक बनाएको कुपे डिजाइन एसयूभी कर्भलाई भारतमा दुई ब्याट्री अप्सनमा बिक्री गर्दै आएको छ। कर्भको मिड रेन्ज मोडल एमआरमा ४५ र लङ रेन्ज मोडल ५५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। 

tata curvv ev1.jpeg

एआरएआईका अनुसार मिड रेन्ज मोडलले सिंगल चार्जमा ५०२ किलोमिटर र लङ रेन्ज मोडलले ५८५ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ। तर यी दुबै मोडलको वास्तविक सडकमा आउने रेन्ज भने कम हुनेछ। टाटा मोटर्सले भने कर्भ ईभीको ४५ र ५५ किलोवाट आवर क्षमताको ब्याट्रीले क्रमशः ३४० र ४०० किलोमिटरसम्म रेन्ज दिने दाबी छ।

सिप्रदीले नेपालमा यसको पूर्णरुपमा सबै भुगोलमा परीक्षण गरेर आएको रेन्जलाई नै आधारमा मानेर कर्भ ईभीको वास्तविक रेन्ज बताउने जनाएको छ। कम्पनीले ठूलो वा सानो कुन ब्याट्री अप्सनमा कर्भ ईभी आएको खुृलाएको छैन। तर केही दिनअघि नेक्सन केथ्री ४५ किलोवाट आवर ब्याट्री अप्सनमा सार्वजनिक गरेकाले कर्भ ईभी ५५ किलोवाट आवर अप्सनमा ल्याएको अनुमान गरिएको छ। 

tata curvv ev3.jpeg

कर्भ कुपे एसयूभीको एक्सेलरेसन पनि उत्कृष्ट छ। यसलाई शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै तय गर्न सक्छ। कर्भ ईभीको लम्बाई ४३ सय १० एमएम, चौडाई १८ सय १० एमएम र उचाइ १६ सय ३० एमएम छ। यसमा २५ सय ६० एमएम लामो ह्वीलवेस रहेको छ। कर्भ ईभीमा १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स छ।

कम्पनीका अनुसार यसमा १८ इन्चको अलोय दिइएको छ। ५ सय लिटरको ठूलो बुट स्पेस रहेको एसयूभीलाई ४ सय ५० एमएम गहिरो पानी जमेको स्थानमा पनि सहजै गुडाउन दाबी कम्पनीले गरेको छ। 

tata curvv ev.jpeg

कर्भ ईभीको इन्टेरियर ह्वाइट र ग्रे गरी दुई कलरमा छ। ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचवेस क्लाइमेट कन्ट्रोल बटम, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छन्।

त्यसैगरी रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक सनरुफ, भेन्टीलेटेड सिट, जेबीएल साउन्ड सिस्टम कर्भ ईभीमा रहेको छ। भारत एनक्याप क्र्‍यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कर्भ ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, ईएसपी, ड्राइभ डाउजिनेस अलर्ट, व्लाइन्ड स्पट मनिटर, लेभल २ एडास लगायत विशेषता रहेका छन्। 


प्रकाशित : बुधबार, माघ ३० २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend