शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

जुम्ला तातोपानी गाउँपालिकाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३० २०८१
जुम्ला तातोपानी गाउँपालिकाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए

नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा १ करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ।

जुम्ला- तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन्।

संघ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मंगलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले त्यसको उद्घाटन गरे।

यहाँका स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो। सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन्। सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन भएका छन्। 

सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ। नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा १ करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ। 

उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब  २० मिनेटमा पूरा हुने बताए। आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मंगलबार नाचगान गरेर खुसीयाली मनाएका थिए। रासस


प्रकाशित : बुधबार, माघ ३० २०८११०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend