बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शान्तिसुरक्षा माग गर्दै कुलमान घिसिङविरुद्ध अपर तामाकोशीका सञ्चालकले दिए उजुरी

सोमबार, माघ २८ २०८१
शान्तिसुरक्षा माग गर्दै कुलमान घिसिङविरुद्ध अपर तामाकोशीका सञ्चालकले दिए उजुरी

प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशीको गएको बुधबार साँझ बसेको सञ्चालक समिति (बोर्ड) बैठकको घटनालाई लिएर उनीहरुले आइतबार निवेदन बुझाउँदै शान्ति सुरक्षा माग गरेका हुन्।

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावर कम्पनीका सञ्चालकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध उजुरी दिएका छन्। शान्तिसुरक्षाको माग गर्दै कम्पनीका दुई स्वतन्त्र सञ्चालकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयमा निवेदन बुझाएका हुन्। 

प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशीको गएको बुधबार साँझ बसेको सञ्चालक समिति (बोर्ड) बैठकको घटनालाई लिएर उनीहरूले आइतबार निवेदन बुझाउँदै शान्तिसुरक्षा माग गरेका छन्। 

बुधबारको बोर्ड बैठकमा विवाद बढ्दै गएपछि आक्रोशित भएका घिसिङले एक स्वतन्त्र सञ्चालकलाई गिलास प्रहार गर्न खोजेका थिए। अन्य सञ्चालकसँग पनि भुक्तानीको विषयलाई लिएर बैठकमा विवाद भएको थियो।

बैठकमा अध्यक्षबाट नै हातपातसम्मको व्यवहार हुँदा आफूहरू असुरक्षित महसुस गरेको भन्दै स्वतन्त्र सञ्चालकले शान्तिसुरक्षा माग गर्दै निवदेन दिएका हुन्। 

बुधबारको बैठकअघि कम्पनीको नयाँ सञ्चालकको रूपमा प्राधिकरणका निमित्त उपप्रबन्ध निर्देशक मोतिलाल महतरा र राजनऋषी कँडेललाई नियुक्त गरिएको थियो। बहुमत पुर्‍याउनका लागि निमित्तलाई सञ्चालकको जिम्मेवारी दिएपछि विवाद चर्किएको थियो। 

एकाएक नयाँ सदस्यलाई ल्याइएको तर त्यसलाई एजेन्डाको रुपमा नराखिएको विषयमा बैठकमा कुरा उठेपछि विवाद बढेको थियो। खासगरी प्राधिकरणकै अन्य सहायक कम्पनीमा बैठककै एजेन्डाअन्तर्गत राखेर नयाँ सदस्यलाई स्वागत गरेपछि मात्रै निर्णयमा सहभागिता गराइने व्यवस्था छ। तामाकोशी कम्पनीकै हकमा पनि विगतमा सोहीअनुसार गरिएको थियो।

घिसिङ आक्रोशित मात्रै नभएर हातपातमै उत्रिएको बैठकमा रहेकाहरू बताउँछन्। घिसिङले अनादारार्थी शब्द प्रयोग गरेर अपमानजनक व्यवहार गरेपछि ती सदस्यले मुख नछाड्न र बैठकमा पदको मर्यादा राख्न चेतावनी दिएका थिए।

घिसिङले 'यो सरकार र बोर्ड उस्तै छ, दुवै मेरो बदनाम गर्न लागेका छन्' भन्दै नराम्रा शब्दहरू प्रयोग गर्दै उठेर अगाडि रहेको सीसाको गिलास प्रहार गर्न हात उठाएका थिए। उनको नजिकै रहेका नयाँ बोर्ड सदस्यहरू मोतिलाल महतरा र राजनऋषी कँडेलले घिसिङको हात समातेर उनलाई रोकेका थिए।  

अपर तामाकोशीको बैठकमा यसरी धम्की र हातपातसम्म पुगे कुलमान घिसिङ अपर तामाकोशीको बैठकमा यसरी धम्की र हातपातसम्म पुगे कुलमान घिसिङ


प्रकाशित : सोमबार, माघ २८ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend