शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

जुम्लामा ६ महिनामा ११ किलोमिटर सडक निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २५ २०८१
जुम्लामा ६ महिनामा ११ किलोमिटर सडक निर्माण

झोलुङ्‍गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका-४ स्थित गिडीदह, सिञ्जा-२ स्थित रनुखाना, हिमा-१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ।

जुम्ला- यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ११ दशमलव ३ किलोमिटर सडक निर्माण गरेको छ। 

उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए।

उनले भने, 'यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन्। ती योजनाका लागि १८ लाख रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्म विनियोजन भएको छ।' 

झोलुङ्‍गे पुल कार्यक्रमअन्तर्गत प्रदेश सरकारको वित्तीय समानीकरणको बजेटबाट चालु आर्थिक वर्षमा तातोपानी गाउँपालिका-४ स्थित गिडीदह, सिञ्जा-२ स्थित रनुखाना, हिमा-१ शेरादह र महादेव मावि रुखेटा खोलामा पुल निर्माण गरिने छ। लाम्रोचौर गाडापारी र मसानघाट जिम्री  जिउलामा पुल बनाउन रकम अभाव भएको उनको गुनासो छ। 

साथै उनले तातोपानी, सिञ्जा र कनकासुन्दरी गाउँपालिका क्षतिग्रस्त झोलुङ्‍गेपुलहरु मर्मतसम्भार गरिने जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, माघ २५ २०८१११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend