बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निसान र होन्डाको मर्ज संकटमा : प्रक्रिया थप अघि नबढ्ने संकेत

बिहीबार , माघ २४ २०८१
निसान र होन्डाको मर्ज संकटमा : प्रक्रिया थप अघि नबढ्ने संकेत

होन्डा र निसान मर्जमा जानेसम्मको तयारीसहित छलफलमा थिए। छ महिनाभित्र मर्मजरको कुरा टुंग्याउन दुई कम्पनी २०२४ को डिसेम्बरमा सहमत भएका थिए।

काठमाडौं- दुई जापानी अटोमोबाइल उत्पादक कम्पनी होन्डा र निसानको मर्ज लगभग नहुने भएको छ। निसानले धेरै तहमा कुरा भइरहेको बताए पनि होन्डा दुई कम्पनी मिलाएर एउटै बनाउने कुराको विपक्षमा देखिएको छ। जसका कारण होन्डा निसानको मर्ज संकटमा परेको छ। 

गत डिसेम्बरमा दुई जापानी अटोमोबाइल कम्पनी होन्डा र निसान दीर्घकालीन सम्झौताको तयारीमा रहेको बताएका थिए। होन्डा र निसान मर्जमा जानेसम्मको तयारीसहित छलफलमा थिए। छ महिनाभित्र मर्मजरको कुरा टुंग्याउन दुई कम्पनी २०२४ को डिसेम्बरमा सहमत भएका थिए। 

चिनियाँ र टेस्लाले अटोमोबाइल बजारमा नयाँ सेप तयार गरिरहेको अवस्थामा त्योसँग जुध्न जापानी कम्पनीहरूलाई कठिनाइ परिरहेको छ। विकसित अटोमोबाइल बजारमा कायम रहेको जापानी लिगेसी जोगाइ राख्न दुई कम्पनीले मर्ज गरेरै जानु पर्नेतर्फ छलफल थालेका थिए। तर दुई महिनाको कुराकानीमै होन्डा र निसानबीच मर्जरको प्रक्रिया थप अघि नबढ्ने संकेत देखिएको छ। 

रोयटर्सले क्योडो र निक्कीलाई उद्धृत गर्दै लेखेको छ, ‘निसान मर्जरका लागि भइरहेको वार्ता अन्त्य गर्नेतर्फ लागेको छ। सोही कारण निसानको सेयर करिब ५ प्रतिशत घटेको छ भने होन्डाको सेयर ९ प्रतिशत बढेको छ।’

त्यस्तै निसानले आफ्नो कम्पनीले होन्डासँग मर्जरका लागि गरेको प्रारम्भिक सम्झौताबाट पछि हट्ने निर्णय गरेको भनेको छ। तर यसबारे औपचारिक घोषणा भने नगरिएको निसानको भनाइ छ। 

जापानको दोस्रो ठूलो सवारी उत्पादन होन्डाले तेस्रो ठूला सवारी उत्पादक निसानलाई प्रविधिलगायत विषयमा सहकार्य गर्नेगरी छलफल भइरहेको थियो। यो छलफल सहकार्य तथा सम्भावित संयुक्त कम्पनीमे जानेबारेमा पनि अघि बढिरहेको थियो। 

दुई कम्पनीबीच पूर्ण मर्जरका बारेमा पनि गहन छलफल हुँदा मर्जमा मित्सुबिसी मोटर्सलाई पनि समावेश गर्नेे भनिएको थियो। तर मित्सुबिसीले यसअघि नै आफू निसान र होन्डाको मर्मरमा सामेल नहुने बताइसकेको छ। मित्सुबिसी मोटर्समा निसानको २४ प्रतिशत हिस्सा रहेको छ। 

निसान र होन्डा मिलेर एउटा कम्पनी बनेमा सवारी बिक्रीका आधारमा उक्त कम्पनी विश्वको तेस्रो ठूलो कम्पनी हुने थियो। निसान र होन्डा मिल्दा ५४ अर्ब अमेरिकी डलरको कम्पनी बन्ने र वार्षिक ७४ लाख सवारी उत्पादन हुने अनुमान गरिएको थियो। वर्तमान समयमा विश्वको सबैभन्दा ठूलो सवारी उत्पादन कम्पनी टोयोटा हो भने दोस्रो ठूलो कम्पनी फक्सवागन हो। 

विद्युतीय सवारी उत्पादनमा जापानी कम्पनीहरूले हालसम्म त्यति धेरै उत्पादन बजारमा ल्याइसकेका छैनन्। यही कारण विश्वकै ठूला सवारी उत्पादन रहेको जापानका लागि परिवर्तित अटोमोबाइल बजार यही ढंगमा अघि बढे अझै चुनौतीपूर्ण हुनेछ।

निसानले गत महिना २ अर्ब ६० करोड डलर खर्च बचत गर्ने घोषणा गरेको थियो। यसका लागि निसानले ९ हजार रोजगारी कटौती र २० प्रतिशत उत्पादन कम गर्नुपर्ने हुन्छ। निसानको अमेरिका र चीनमा बिक्री घटेपछि यस्तो निर्णयमा पुगेको हो।

विश्वभर अटोमोबाइल कम्पनीबीचको मर्मरको हल्ला आउनु र त्यो निष्कर्षमा नपुग्न सामान्य जस्तै हो। २०औँ सताब्दीको पहिलो दशकमा अमेरिकी कम्पनी जनरल मोटर्सले धेरै कम्पनीसँग मर्जरको कुरा गरेको थियो। तर त्यसले सार्थकता पाउन सकेन। त्यस्तै १९९८ मा जर्मन कम्पनी मर्सिडिज बेन्जले क्राइसलर कर्प किन्न सहमत भएको थियो। यद्यपी एक दशकपछि उक्त मर्जरको कुरा पनि भाँडिएको थियो। 

होन्डा र निसानको मर्जरको विषय पछि छलफल भन्दा अघि नबढ्ने देखिएको छ। २०२४ को अन्त्यमा देखिएको उत्साह २०२५ को फेब्रअरीमै विलय हुने निश्चितप्रायः छ। 


प्रकाशित : बिहीबार , माघ २४ २०८११२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend