बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पूर्ण भ्याक्सिन लगाएका पर्यटकलाई नेपाल आउन खुला गर्न पर्यटन व्यवसायीको माग

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
पूर्ण भ्याक्सिन लगाएका पर्यटकलाई नेपाल आउन खुला गर्न पर्यटन व्यवसायीको माग

भ्याक्सिन लगाएर आउने पर्यटकहरुलाई तत्काल नेपाल ल्याउन पर्यटन व्यवसायीले माग गरेका छन्। कोभिडका कारण अति प्रभावित बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यवसायीले सरकारसँग तीन बुदे माग अघि सार्दै पर्यटन क्षेत्र खुलाउन माग गरेका हुन्। एक साता भित्रमा माग पुरा नगरे व्यवसायीले चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

काठमाडौं- भ्याक्सिन लगाएर आउने पर्यटकहरुलाई तत्काल नेपाल ल्याउन पर्यटन व्यवसायीले माग गरेका छन्।

कोभिडका कारण अति प्रभावित बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यवसायीले सरकारसँग तीन बुदे माग अघि सार्दै पर्यटन क्षेत्र खुलाउन माग गरेका हुन्। एक साता भित्रमा माग पुरा नगरे व्यवसायीले चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। 

पर्यटन क्षेत्रका छाता संगठनहरु र पर्यटन पेशाकर्मीहरुले आइतबार नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा सरकारसँग तीन बुदे माग राखेका हुन्।

पूर्ण भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीलाई विना क्वारेन्टाइन प्रवेश र सहज यात्राको वातावरण निर्माण गर्नुपर्ने, भिजा–अन अराइभलको व्यवस्था पुनः लागु गर्नुपर्ने माग अघि सारेका छन्।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा)का अध्यक्ष अच्यूत गुरागाईले सरकारले पर्यटन क्षेत्र प्रति बेवास्ता गरेको कारण आन्दोलनको चेतावनी दिएको बताए। ‘यदी हाम्रा मागहरु एक साता भित्रमा पुरा नगरे सिंहदरबार घेराउ गर्छौ,’अध्यक्ष गुरागाईले भने,‘जुन सरकार आएपनि हामी प्रति सधै अन्याय भयो’।

सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशतले गिरावट आएको जनाएको छ । यो सँगै प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको  रोजगार समेत संकटमा परेको विज्ञप्तीमा उल्लेख छ।


प्रकाशित : आइतबार, भदौ २७ २०७८१२:१७
  • सम्बन्धित विषय:

  • # पर्यटन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend