बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो 'अनलिमिटेड डाटा प्याक'सहितका सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २२ २०८१
वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो 'अनलिमिटेड डाटा प्याक'सहितका सुविधा

काठमाडौं- नेपाल टेलिकमले २१ औँ वार्षिकोत्सव २०८१ को अवसरमा 'एनिभर्सरी प्याकेज'अन्तर्गत विभिन्न सुविधाहरू ल्याएको जनाएको छ।

'एनिभर्सरी प्याकेज'अन्तर्गत टेलिकमले माघ २२ देखि फागुन ८ गतेसम्म १५ दिनसम्मको लागि विभिन्न प्याकेज ल्याएको हो। 

'एनिभर्सरी प्याकेज'अन्तर्गत एक एमबीपीएस अनलिमिटेड डाटा र १२० मिनेट भ्वाइस कल ५९ रुपैयाँमा ल्याएको टेलिकमले जनाएको छ। यस्तै अनलिमिटेड अल नेट भ्वाइस कल एक महिनाका लागि ४ सय ९९ रुपैयाँमा, अनलिमिटेड डाटा प्याक एक महिनाका लागि ५ सय ९९ रुपैयाँमा, अनलिमिटेड प्रिमियम डाटा प्याक एक महिनाका लागि ७ सय ९९ रुपैयाँमा साथै एक महिना समयावधिको फेस्टिभ कम्बो प्याक ७ सय ९९ रुपैयाँमा ल्याएको छ। 

२०८१ मंसिर महिनाको अन्त्यसम्म नेपाल टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेको छ। यसमध्ये, जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार पीएसटीएन सेवाका ग्राहक ८७ हजार तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन्। २०८१ मंसिर महिनाको तथ्यांकअनुसार भ्वाइस सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत रहेको छ।

२०८१ मंसिर महिनाको अन्त्यसम्म नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ता २ करोड ११ लाखभन्दा बढी पुगेका छन्। यसमध्ये जीएसएम मोबाइल डाटा का प्रयोग करोड ७ लाख तथा एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ३ लाख रहेका छन्। जीएसएम सेवातर्फ हालसम्म करिब १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको र निरन्तर विस्तारको क्रममा रहेको टेलिकमले जनाएको छ।


प्रकाशित : मंगलबार, माघ २२ २०८११३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend