बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको खुद मुनाफा ६ अर्ब २३ करोड, २ करोड १२ लाख ४२ हजार पुग्यो ग्राहक संख्या

मंगलबार, माघ २२ २०८१
नेपाल टेलिकमको खुद मुनाफा ६ अर्ब २३ करोड, २ करोड १२ लाख ४२ हजार पुग्यो ग्राहक संख्या

जीएसएम सेवातर्फ हालसम्म करिब १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको र निरन्तर विस्तारको क्रममा रहेको टेलिकमले जनाएको छ।

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कुल आय ४२ अर्ब ११ करोड रुपैयाँ हुँदा खुद मुनाफा ६ अर्ब २३ करोड रुपैयाँ रहेको छ।

खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलामा केही कम रहेको भए पनि समग्र अर्थतन्त्रका सूचकांक नकारात्मक रहेको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको जनाएको छ। 

मुलुकको समग्र अर्थतन्त्रमा आफ्नो योगदान उल्लेखनीय रहेको टेलिकमले जनाएको छ। आर्थिक वर्ष २०७१/८० मा कम्पनीले कर तथा शुल्क, दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवं श्रोतमा कट्टीकरबापत आफ्नो कुल आयको ६४.०३ प्रतिशत अर्थात् २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पुर्‍याए‌कोमा समीक्षा अवधि आर्थिक वर्ष २०८०/८१ मा कुल ४१ अर्ब ५९ करोडको योगदान पुर्‍याएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले १० अर्ब ८१ करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ।

प्रचलित कानूनले निर्धारण गरेको समयसीमाभित्र कम्पनीको साधारणसभा सम्पन्न भइ सेयर धनीहरुलाई समयमा नै लाभांश समेत भुक्तानी गरेको कम्पनीले जनाएको छ। 

२०८१ मंसिर महिनाको अन्त्यसम्म नेपाल टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेको छ। यसमध्ये, जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार पीएसटीएन सेवाका ग्राहक ८७ हजार तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन्। २०८१ मंसिर महिनाको तथ्यांकअनुसार भ्वाइस सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत रहेको छ।

ntbs.jpg

२०८१ मंसिर महिनाको अन्त्यसम्म नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ता २ करोड ११ लाखभन्दा बढी पुगेका छन्। यसमध्ये जीएसएम मोबाइल डाटा का प्रयोग करोड ७ लाख तथा एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ३ लाख रहेका छन्। जीएसएम सेवातर्फ हालसम्म करिब १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको र निरन्तर विस्तारको क्रममा रहेको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक संगिता पहाडीले पछिल्ला सफलताले आफूहरूलाई आगामी अवधिका लागि अझ उत्साहित र उत्प्रेरित गराउँदै लाने साथै टेलिकमको सफलतामा साथ दिने सेवाग्राहीप्रति अझ जिम्मेवारी र जवाफदेही बनाउँदै लाने विश्वास लिएको जनाएकी छिन्। 


प्रकाशित : मंगलबार, माघ २२ २०८११३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend