शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु, ७२ करोड ९८ लाख रुपैयाँ लाग्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २२ २०८१
दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु, ७२ करोड ९८ लाख रुपैयाँ लाग्ने

दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्रको शुभारम्भ भएको यो सडकले दक्षिणी क्षेत्रलाई तराईका जिल्लासँग जोड्नका लागि निकै ठूलो भूमिका खेल्छ।

भोजपुर- जिल्लाको दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु गरिएको छ। यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन्। 

दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआइपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ। २२ दशमलव ७ किलोमिटरको यो सडक कालोपत्र ७२ करोड ९८ लाख रुपैयाँ लागतमा गर्न लागिएको हो।
  
शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थिति थियो। गाउँपालिका अध्यक्ष राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताए। यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहजता हुनेछ।

अध्यक्ष राईका अनुसार दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्रको शुभारम्भ भएको यो सडकले दक्षिणी क्षेत्रलाई तराईका जिल्लासँग जोड्नका लागि निकै ठूलो भूमिका खेल्छ। 

निर्माण कम्पनीका प्रतिनिधि दाहालले सडक निर्माणको काम चार स्थानबाट एकसाथ थालनी गर्ने लक्ष्य रहेको बताए। सडकले भोजपुरको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ। 

दूधकोशी चुहार-फलामढुंगा-घोरेटार सडक निर्माणले जिल्लाको यातायात सुविधालाई मजबुत बनाउने हतुवागढी-५ होम्ताङका स्थानीय एक्सन राईले बताए। सडक निर्माणपश्चात कृषि उपजको बजारीकरणसँगै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने उनले बताए। रासस


प्रकाशित : मंगलबार, माघ २२ २०८११०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend