बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२०२४ मा टोयोटाले बेच्यो १ करोड ८ लाख कार, लगातार पाँचौँ पटक बन्यो सर्वाधिक सवारी बिक्रेता

बिहीबार , माघ १७ २०८१
२०२४ मा टोयोटाले बेच्यो १ करोड ८ लाख कार, लगातार पाँचौँ पटक बन्यो सर्वाधिक सवारी बिक्रेता

टोयोटाको आईसी इन्जिन र हाइब्रिड कारको बिक्री ४० प्रतिशतले बढेको थियो भने ब्याट्री इलेक्ट्रिक सवराीको हिस्सा १.४ प्रतिशतमात्र रहेको छ।

काठमाडौं- जापानी सवारी उत्पादक कम्पनी टोयोटा मोटरले २०२४ मा १ करोड ८ लाख वटा सवारी बिक्री गरेको छ। बिहीबार टोयोटा मोटरले २०२४ मा कम्पनीले बिक्री गरेको सवारी तथ्यांक सार्वजनिक गरेको हो। 

योसँगै टोयोटा लगातार पाँचौँ पटक विश्वको सर्वाधिक सवारी बिक्रेता कम्पनी बनेको छ। २०२४ मा टोयोटा मोटर ग्रुपअन्तर्गतका कम्पनीहरुको बिक्री ३.७ प्रतिशतले घटेको कम्पनीले जनाएको छ। यसमा डाइहात्सुका कार र हिनो मोटर्सको ट्रक बिक्री घट्दा समग्र बिक्रीमा प्रभाव परेको हो। 

गत वर्ष दोस्रो धेरै कार बिक्री गर्ने कम्पनीमा फक्सवागन रहेको छ। जर्मन सवारी उत्पादक कम्पनी फक्सवागनको कार बिक्री गत वर्ष २.३ प्रतिशतले कमी आएको थियो। २०२४ मा फक्सवागन ग्रुपले विश्वभर ९० लाख वटाभन्दा धेरै सवारी बिक्री गरेको थियो। 

फक्सवागन ग्रुपको सवारी बिक्री कम हुनुमा जर्मनीमा कम्पनीले गरेको खर्च कटौती र चीनमा भएको प्राइस वार मुख्य कारण बनेको हो। 

टोयोटा र लेक्सस ब्रान्डको मात्र हिसाब गर्दा २०२४ मा बिक्री १.४ प्रतिशतले घटेर १ करोड २ लाख वटा सवारी बिक्री गएको थियो। जापानमै टोयोटा ग्रुपको कार बिक्री गत वर्ष दोहोरो अंकले घटेको थियो। 

टोयोटाको कार बिक्री सर्वाधिक हुनुमा अमेरिकालगायत देशमा हाइब्रिड कारको माग बढ्नु हो। चीनमा भने २०२४ मा टोयोटाको कार बिक्री ६.९ प्रतिशतले घटेको थियो। 

टोयोटाको आईसी इन्जिन र हाइब्रिड कारको बिक्री ४० प्रतिशतले बढेको थियो भने ब्याट्री इलेक्ट्रिक सवराीको हिस्सा १.४ प्रतिशतमात्र रहेको छ। 

फक्सवागनपछि विश्वको तेस्रो धेरै सवारी बिक्री गर्ने कम्पनी हो हुन्डाई मोटर ग्रुप। हुन्डाई मोटर ग्रुपअन्तर्गत हुन्डाई मोटर किया दुई वटा ब्रान्डका सवारी बिक्री हुँदै आएका छन्। 

पछिल्लो समय परम्परागत कार बिक्रेता कम्पनीलाई नयाँ उदाएका विद्युतीय कार उत्पादक कम्पनीहरु टेस्लालगायतले टक्कर दिइरहेका छन्। विश्वभर विद्युतीय सवारीको माग तथा उत्पादन बढ्दै जाँदा परम्परागत कार उत्पादकहरु पनि त्यसतर्फ लागेका छन्। 


प्रकाशित : बिहीबार , माघ १७ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend