बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुन्डाई क्रेटा ईभी : नेपाल आइपुग्न आतुर र उपभोक्ताले पर्खिरहेको विद्युतीय कार

बुधबार, माघ १६ २०८१
हुन्डाई क्रेटा ईभी : नेपाल आइपुग्न आतुर र उपभोक्ताले पर्खिरहेको विद्युतीय कार

पछिल्लो पटक विद्युतीय कारमा निक्कै प्रतिस्पर्धा बढ्दै गइरहेको छ। त्यसकाबीच हुन्डाई क्रेटा ईभी आफ्नो सेगमेन्टमा आउने अन्य ब्रान्डका विद्युतीय कारसँग प्रतिस्पर्धा गर्न सक्नेगरी तयार भएको छ।

काठमाडौं- नेपाली सडकमा सफलताको स्वाद चाखेको हुन्डाईको क्रेटा अब नयाँ अवतारमा आउँदैछ। भारतमा जनवरी १७ मा औपचारिक रुपमा सार्वजनिक भएको अहिले चेन्नईस्थित हुन्डाईको प्लान्टबाट क्रेटा ईभी नेपालतर्फको यात्रा तय गर्ने अन्तिम तयारीमा छ।

हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी आगामी फागुन १५ भित्र आइपुगिसक्ने बताएको छ। क्रेटा ईभी आएलगत्तै परीक्षणलगायत प्रक्रिया पूरा गरेर कम्पनीले बिक्रीका लागि उपलब्ध लगाउने छ। 

हुन्डाईको क्रेटा नेपाली बजार उपभोक्ताका लागि परितिच नाममात्र होइन रोजाइको एसयूभी हो। आईसी इन्जिनले धेरैलाई लोभ्याएको क्रेटा विद्युतीय अवतारमा आइरहेको छ। नेपाली बजारमा विद्युतीय कारको माग बढ्दै गएकाले भारतमा उत्पादन भएको र हुन्डाई ब्रान्डको भएकाले स्वभाविक रुपमा क्रेटा इलेक्ट्रिक धेरैको रोजाइमा पर्न सक्छ। 

पछिल्लो पटक विद्युतीय कारमा निक्कै प्रतिस्पर्धा बढ्दै गइरहेको छ। त्यसकाबीच हुन्डाई क्रेटा ईभी आफ्नो सेगमेन्टमा आउने अन्य ब्रान्डका विद्युतीय कारसँग प्रतिस्पर्धा गर्न सक्नेगरी तयार भएको छ। 

leap biratnagar.jpeg

मिड साइज एसयूभी सेगमेन्टमा नेपालमा मात्र होइन हुन्डाईको क्रेटा भारतीय बजारमा निकै सफल एसयूभी हो। भारतीय बजारमा पनि विद्युतीय कार उत्पादन र बिक्री बढ्दो क्रममा छ। सबैजसो कम्पनीहरूले विद्युतीय कार उत्पादनलाई प्राथमिकताका राखेका छन्।

विद्युतीकरण गर्ने क्रममा सवारी उत्पादकहरूले चलेका आईसी इन्जिन मोडललाई नै ईभी बनाइरहेका छन्। ईभी प्लेटफर्म अब्बल एसयूभी क्रेटालाई हुन्डाईले विद्युतीय बनाएर ल्याएको छ। 

उत्कृष्ट विशेषता र आकर्षक डिजाइनमा बनेको क्रेटा इलेक्ट्रिक हुन्डाईको आयोनिक फाइभ विद्युतीय कारबाट पनि प्रभावित छ। पिक्सेलेटेड ग्राफिक फ्रन्ट-ग्रिल, पिक्सेलेटेड ग्राफिक लोअर बम्पर र पिक्सेलेटेड ग्राफिक रियर बम्परलगायत क्रेटा ईभीमा आयोनिक फाइभका विशेषता झल्किन्छन्। 

रिभर्सिङ लाइटको साथ गाडीको ग्रिल तथा कम्पनीको लोगो भागमा नै चार्जिङ पोर्ट राखिएको छ। 

क्रेटा ईभीका मुख्य विशेषता

क्रेटा इलेक्ट्रिक दुईवटा ब्याट्री प्याकमा उपलब्ध हुनेछ। सुरुवातमा लक्ष्मी इन्टरनेसनलले क्रेटा ईभी एउटा मात्रै ब्याट्री अप्सनमा ल्याउने छ।

हुन्डाई मोटर इन्डियाले क्रेटा ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा क्रेटा ईभी उपलब्ध गराएको छ। जसको ४२ किलोवाट आवरको ब्याट्रीले ३ सय ९० किलोमिटर रेन्ज दिने र ५१.४ किलोवाट आवरको ब्याट्रीले ४ सय ७३ किलोमिटर रेन्द दिने एआरएआईले प्रमाणित गरेको छ। 

४२ किलोवाट ब्याट्री प्याकसहति आउने क्रेटा ईभीमा ९९ किलोवाटको मोटर पावर हुने छ भने यसले १ सय ३५ पीएस पावर जेनेरेट गर्ने छ। त्यस्तै ५१.४ किलोवाट आवरको ब्याट्री प्यासमा  आउने लङरेन्जमा १ सय २५ किलोवाटको मोटर हुनेछ। 

leap biratnagar.jpeg

लङ रेन्ज क्रेटा इलेक्ट्रिकले ७.९ सेकेन्डमा ० देखि १०० किमीप्रतिघन्टाको गति तय गर्न सक्छ। 

हुन्डाईले क्रेटा ईभीमा डीसी चार्जर उपलब्ध गराएको छ। ५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज ५८ मिनेटमै गर्न सकिने दाबी कम्पनीले गरेको छ। त्यस्तै ११ किलोवाटको एसी फास्ट चार्जरबाट ४२ किलोवाटको क्रेटा चार्ज गर्न ४ घण्टा र ५१.४ किलोवाटलाई ४ घण्टा ५० मिनेट लाग्ने छ। 

क्रेटा ईभी २६ सय १० एमएमको ह्वील बेसको साथमा २ सय एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। क्रेटा आईसी इन्जिनको तुलनामा ईभीमा १० एमएम बढी ग्राउन्ड क्लियरेन्ज छ। ४ सय ३३ लिटरको बुट स्पेस र २२ लिटरको फ्रंक रहेको क्रेटा ईभी नेपाली बाटोका लागि उपयुक्त हुने देखिन्छ। 


प्रकाशित : बुधबार, माघ १६ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend