बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कसिलो अमेरिकी प्रतिबन्धबीच प्रविधिमा चिनियाँ चमत्कार, ओपन एआईलाई चिनियाँ स्टार्टप डीपसीकको कडा चुनौती

मंगलबार, माघ १५ २०८१
कसिलो अमेरिकी प्रतिबन्धबीच प्रविधिमा चिनियाँ चमत्कार, ओपन एआईलाई चिनियाँ स्टार्टप डीपसीकको कडा चुनौती

ओपनसोर्समा आधारित डीपसीकको यो एआई मोडलले विभिन्न एआई बेञ्चमार्कमा ओपन एएआईकै तहमा खडा गर्न सफल भएको छ।

काठमाडौं- सन् २०१८ देखि अमेरिकाले चीनमाथि प्रविधिको 'ट्रेड वार' गरिरहेको छ। अमेरिकी प्रविधिमाथि चीनको पहुँचलाई सीमित पार्दै झन कडा बनाउँदै लगिएको छ। 

अमेरिकी प्रतिबन्धका बाबजुद चीनले पछिल्लो समय दुनियाँलाई चकित पार्ने प्रतिफल दिइरहेको छ। एक वर्ष पहिले हुवावेले फाइभजी फोन ल्याएको थियो। जुन प्रविधिमा अमेरिकाले प्रतिबन्ध लगाएको थियो, त्यही प्रविधिमा आधारित उत्पादन चीनले पछिल्लो समय धमाधम ल्याइरहेको छ। 

चीनबाट यस्ता सयौँ उत्पादन आइरहेका छन् जसले अमेरिकाले जुन ‍उद्देश्यले प्रतिबन्ध लगाएको थियो त्यसलाई फिक्का बनाउँदै गएको देखिन्छ। यही सिलसिलामा आएको छ 'डीपसीक'।

चिनियाँ स्टार्टअप डीपसिकले ल्याएको पछिल्लो मोडल ‘आर वान’ र 'जिरो वान' यति धेरै लोकप्रिय भएको छ कि अमेरिकामा एप स्टोरमा  च्याटजीपीटीलाई उछिन्न सफल भएको छ। 

मोबाइल एप्लिकेसनमा खासै लोकप्रिय हुन नसकिरहेको च्याटजीपीटीलाई डीपसीकले उछिनेको मिडिया रिपोर्ट आएका छन्। 

सन् २०२३ मा स्थापना भएको चिनियाँ कम्पनीले ल्याएको यो लार्ज ल्यांग्वेज मोडलले अहिले च्याटजीपीटीलाई कडा टक्कर दिइरहेको छ। एप्लिकेसनमामात्र नभएर समग्रमै यसले लोकप्रियता हात पार्दै गएको छ। 

ओपनसोर्समा आधारित डीपसीकको यो एआई मोडलले विभिन्न एआई बेञ्चमार्कमा ओपन एआईकै तहमा खडा गर्न सफल भएको छ। डिभाइस अप्टिमाइजेसन र किफायति भएकाले पनि यसको लोकप्रियता बढ्दै गएको छ।

यस्तो मोडल तयार पार्नका लागि आवश्यक चिपमै अमेरिकाले प्रतिबन्ध लगाएको छ। यद्यपि यसको विकास सुरू हुने समयमा अहिले जस्तो प्रतितबन्ध थिएन। 

डीपसीकको एआई मोडलले अमेरिकी टेक हब सिलिकन भ्यालीमा हलचल ल्याइदिएको छ। जतिसुकै प्रतिबन्ध लगाउँदा पनि चीनले प्रविधिमा एकपछि अर्को चमत्कार गर्दै आएको छ। 

अमेरिकामै डीपसीक लोकप्रिय बनेपछि सिलिकन भ्यालीका टेक जायन्टको सेयर मूल्यमा व्यापक गिरावट देखिएको छ।


प्रकाशित : मंगलबार, माघ १५ २०८१०७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend