बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लयमा फर्किंदै नेप्से, एकैदिन ७१ अंकको उछाल

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
लयमा फर्किंदै नेप्से, एकैदिन ७१ अंकको उछाल

गएको साता विभिन्न आरोह अवरोह पार गरेको सेयर बजार यो साताको पहिलो दिन आइतबार पुनः लयमा फर्किएको छ। साताको पहिलो कारोबारका दिन ७१ अंकले बढेर सेयर बजारमा चमक थपिएको हो।

काठमाडौं- गएको साता विभिन्न आरोह अवरोह पार गरेको सेयर बजार यो साताको पहिलो दिन आइतबार पुनः लयमा फर्किएको छ। साताको पहिलो कारोबारका दिन ७१ अंकले बढेर सेयर बजारमा चमक थपिएको हो।  

नेप्से सूचक ७१ दशमलव ४२ अंकले बढेर २ हजार ९ सय ४७ दशमलवव ४२ बिन्दुमा पुगेको छ। अघिल्लो साता ३१ सय ५८ बिन्दुबाट ओरालो लागेको नेप्से २७ सय नजिक पुगेको थियो। 

लगानीकर्ताहरूले राष्ट्र बैंकको नीतिलाई लिएर अहिले पनि विरोध कायम राखेका छन्। जसले गर्दा लगानीकर्ताहरुले कर्जाको विषयमा असन्तुष्टी जनाउँदा सेयर बजारमा त्यसको प्रभाव गएको सातादेखि परिरहेको बजार विश्लेषकहरु बताउँछन्। बजारले बीचमा करेक्सन रोजेको र करेक्सनलाई पार गरेकोसमेत दाबी विश्लेषकहरु गर्छन्। ‘बजारको एउटा निश्चित दौड हुन्छ, तीब्र गतिमा दौडिएको बजारले बीचमा थकाइ मारेको हो, अब फेरि बजार गतिमा दौडिन थाल्छ,’ एक लगानीकर्ताले भने।

आइतबार नेप्सेमा उछाल आउँदा ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्समा पनि हरियाली छाएको छ । १२ दशमलव २९ अंकले बढेर ५ सय ४७ दशमलव ५४ बिन्दुमा पुगेको छ। नेप्सेमा उछाल आउँदा १२ वटा समूूहको सूचक सकरात्मक बनेको छ भने म्युचुअल फण्ड मात्र झिनो अंकले नकारात्मक बन्न पुगेको छ। जलविद्युत, विकास बैंक, वाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण उच्च रहेको छ।

१० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
आइतबार १० कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ। नेशनल हाइड्रो पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, च्याङ्दी हाइड्रो पावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी, सानिमा लाइफ इस्योरेन्स, हिमालय पावर पार्टनर, सिनर्जी पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यका कारोबार हुँदा यी कम्पनीका लगानीकर्ताहरु नाफा आर्जन गर्न सफल भएका छन्। 

कारोबार रकमको साथ
सेयर बजारलाई  आइतबार सेयर खरिद बिक्रीले पनि साथ दिएको छ। कारोबारमा आएका २ सय ३१ कम्पनीको १ करोड ७१ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रो पावर कम्पनीको रहेको छ। कम्पनीको आइतबार ७३ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। 

दोस्रो धेरै कारोबार हुने कम्पनीमा युनाइटेड मोदी हाइड्रो पावर रहेको छ। जसको ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी अपि पावरको ३१ करोड, नेशनल हाइड्रो पावरको २९ करोड रुपैयाँको कारोबार भएको छ।


प्रकाशित : आइतबार, भदौ २७ २०७८१०:४०
  • सम्बन्धित विषय:

  • # नेप्से
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend