शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

उत्तरी गोरखाको रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्‍गे पुल निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १४ २०८१
उत्तरी गोरखाको रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्‍गे पुल निर्माण

विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्‍गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो। पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्‍गे पुल निर्माण सम्पन्न भएको छ।

१ करोड ३३ लाख ९४ हजार ७ सय ५२ रुपैयाँको लागतमा उक्त झोलुङ्‍गे पुल निर्माण भएको हो।

धार्चे-२ स्थित रुन्चेत र धार्चे-३ स्थित लुसिकाङ जोड्ने ‘बुढीगण्डकी लुसिकाङ झोलुङ्‍गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन्।  

विसं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्‍गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो। पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ। रासस


प्रकाशित : सोमबार, माघ १४ २०८११०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend