बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विश्वभर रहेकामध्ये करिब आधा डेटा सेन्टर अमेरिकामा, कुन देशमा कति छन्?

शनिबार, माघ १२ २०८१
विश्वभर रहेकामध्ये करिब आधा डेटा सेन्टर अमेरिकामा, कुन देशमा कति छन्?

प्रविधिमा बलियो हुनका लागि डेटा सेन्टरको पर्याप्तता जरुरी हुन्छ। संसारभर ११ हजार ८ सय वटा डेटा सेन्टर रहेका छन्।

काठमाडौं- प्रविधिको दुनियाँमा डेटा सेन्टर ‘ब्याकबोन’का रुपमा रहन्छ। सामाजिक सञ्जालदेखि क्लाउड कक्प्यिुटिङसम्मलाई डेटा सेन्टरले नै ब्याकअप पावर दिन्छ।

प्रविधिमा बलियो हुनका लागि डेटा सेन्टरको पर्याप्तता जरुरी हुन्छ। संसारभर ११ हजार ८ सय वटा डेटा सेन्टर रहेका छन्। २०२४ को मार्चसम्मको तथ्यांकअनुसार संसारभर रहेका कुल डेटा सेन्टरमध्ये करिब आधा अमेरिकामा छन्। 

२०२४ को मार्चसम्मको तथ्यांकअनुसार अमेरिकामा ५ हजार ३ सय ८१ वटा डेटा सेन्टर रहेका छन्। भिजुअल क्यापिटालिस्टले स्टाटिस्टाको तथ्यांकका आधारमा धेरै डेटा सेन्टर भएका देशहरूको सूची छापेको छ। 

विश्वभर रहेकामध्ये ४५.६ प्रतिशत डेटा सेन्टर अमेरिकामा छ। अमेरिकापछि धेरै डेटा सेन्टर जर्मनीमा छ। जर्मनीमा ५ सय २१ वटा अर्थात ४.४ प्रतिशत र तेस्रो धेरै डेटा सेन्टर बेलायलमा छ। बेलायतमा ५ सय १४ वटा अर्थत ४.४ प्रतिशत डेटा सेन्टर छ। 

कम्प्युटिङ दुनियामा अमेरिका विश्वको शक्तिशाली मुलुकका रुपमा रहिआएको छ। पछिल्ला वर्षहरूमा माइक्रोसफ्ट, अमेजोनलगायत प्रविधि कम्पनीहरूले डिजिटल पूर्वाधार र आर्टिफिसियल इन्टेलिजेन्स(एआई)मा अर्बौँ डलर लगानी गरिरहेका छन्। 

कम्प्युटिङ पावरमा ऊर्जाको खपत उल्लेख्य रुपमा बढिरहेको छ। एउटा सन्दर्भलाई आधारमान्दा परम्परागत गुगल सर्चमा जति विद्युत खपत हुन्छ, त्यसको करिब १० गुणा विद्युत च्याटजीपीटीको औषत सोधनका क्रममा खपत हुने गरेको पाइएको छ। यसले ऊर्जाको खपत भने उल्लेख्य रुपमा बढाउनेछ। 

गोल्डम्यान सचस् अध्ययनअनुसार भविष्यमा अमेरिकाको विद्युत माग बढाउने मुख्य क्षेत्र डेटा सेन्टर हुनेछ। २०२२ मा अमेरिकाको कुल विद्युत मागमा डेटा सेन्टरतर्फ ३ प्रतिशत रहेको थियो भने २०३० सम्म यो बढेर ८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। 

यी हुन् धेरै डेटा सेन्टर हुने देशहरू :

१ अमेरिका ५ हजार ३ सय ८१ वटा

२. जर्मनी ५ सय २१ वटा

३. बेलायत ५ सय १४ वटा

४. चीन ४ सय ४९ वटा

५. क्यानडा ३ सय ३६ वटा

६. फ्रान्स ३ सय १५ वटा

७. अस्ट्रेलिया ३ सय ४ वटा

८. नेदरल्यान्ड २ सय ९७ वटा

९. रसिया २ सय ५१ वटा

१०. जापान २ सय १९ वटा

११. मेक्सिको १ सय ७० वटा

१२. इटाली १ सय ६८ वटा

१३. ब्राजिल १ सय ६३ वटा

१४. भारत १ सय ५२ वटा

१५. पोल्यान्ड १ सय ४४ वटा

१६. स्पेन १ सय ४३ वटा

१७. हङकङ १ सय २२ वटा

१८. स्वीजरल्यान्ड १ सय २० वटा

१९. सिंगापुर ९९ वटा

२०. स्वीडेन ९५ वटा

२१. न्यूजिल्यान्ड ८१ वटा

२२. इन्डोनेसिया ७९ वटा

२३. बेल्जियम ७९ वटा

२४. अस्ट्रिया ६८ वटा

२५. युक्रेन ५८ वटा 

यीबाहेक विश्वका बाँकी देशमा १ हजार ४ सय ६९ वटा डेटा सेन्टर रहेका छन्। 


प्रकाशित : शनिबार, माघ १२ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend