आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सिमकोटमा खानेपानीको समस्या

images
बुधबार, माघ ९ २०८१
images
सिमकोटमा खानेपानीको समस्या

एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता स्थानीयको छ। एक बाल्टी पानी थाप्न लाइनमा बस्नुपर्ने बाध्यता छ।

images
images

सिमकोट- हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ। सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ।

images
images
images

सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टौँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए।

images
images

उनले भने, 'तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छाडेको छ, पानी आएका एक दुई छिटफुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ, बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना पकाउने पानी नै पुग्दैन, खाना पकाउनलगायतका लागिसमेत पानीको समस्या छ, व्यक्तिगत सरसफाइमा पनि समस्या छ।'

images
images

एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता स्थानीयको छ। एक बाल्टी पानी थाप्न लाइनमा बस्नुपर्ने बाध्यता छ।

हिउँदको समयमा पानीमा बिहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप टुटफुट भएका कारण तल्लो बजारवासीले खानेपानीको समस्या झेल्दै आउनुपरेको छ। खानेपानीका धारामा बरफ जमेर पानीसमेत आउन नसकेको हो। रासस


प्रकाशित : बुधबार, माघ ९ २०८११३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend