बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कुलमानले बोलाएको माथिल्लो तामाकोशी हाइड्रोपावरको बैठक बहुमत सञ्चालकद्वारा बहिष्कार

मंगलबार, माघ ८ २०८१
कुलमानले बोलाएको माथिल्लो तामाकोशी हाइड्रोपावरको बैठक बहुमत सञ्चालकद्वारा बहिष्कार

तामाकोशीमा बाढीपछि गरिएको मर्मतमा बिनाटेन्डर करोडौँ खर्च गरिएको छ। सोही खरिद बिक्री र भुक्तानीका निर्णय गराउन मंगलबार बैठक बोलाइएको थियो।

काठमाडौं- बहुमत सञ्चालक समितिका सदस्यले बहिस्कार गरेपछि माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको बैठक स्थगित भएको छ।

सरकारले स्पष्टीकरण सोधेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मंगलबार हतारहतार माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको बैठक बोलाए पनि बहुमत सदस्यले बहिस्कार गरेपछि स्थगित भएको हो।

कम्पनीका अध्यक्ष रहेका घिसिङले बाढीका कारण बिग्रिएपछि मर्मत गरिएको माथिल्लो तामाकोशीमा भुक्तानीसहितका एजेन्डासहित आज बैठक बोलाएका थिए। सरकारले यसअघि नै एक साता अवधि तोकेर घिसिङलाई स्पष्टीकरण सोधेको थियो। घिसिङले ऊर्जा मन्त्रालयले आफूलाई हटाउन नमिल्ने भन्दै गोलमटोल जवाफ दिएका थिए। अहिले मन्त्रालयले स्पष्टीकरणको अध्ययन जारी राखेको बेला घिसिङले बैठक राखेको भन्दै बहुमत सदस्यले बहिष्कार गरेका छन्।

बैठकमा सञ्चालक समितिका बहुमत सदस्य अनुपस्थित भएपछि स्थगित भएको छ। तामाकोशीमा बाढीपछि गरिएको मर्मतमा बिनाटेन्डर करोडौँ खर्च गरिएको छ। सोही खरिद बिक्री र भुक्तानीका निर्णय गराउन मंगलबार बैठक बोलाइएको थियो। जनताको लगानी भएको कम्पनीमा मनपरी खर्च गरिएको आरोप लाग्दै आएको छ।

तामाकोशीको अध्यक्षमा कुलमान घिसिङ छन् भने सदस्यहरूमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, कर्मचारी सञ्चय कोषबाट दर्शन भट्टराई, नेपाल विद्युत प्राधिकरणका रामजी भण्डारी साथै प्राधिकरणका लोकहरि लुइँटेल र मदन तिमिल्सिना रहेका छन्। त्यस्तै सृजना सुवेदी, राजन श्रेष्ठ, हरिप्रसाद भुर्तेल र दीपक कार्की पनि सञ्चालक सदस्य रहेका छन्।

हेमन्त पोखरेल र भोलानाथ घिमिरे पनि नागरिक लगानीकोष र बीमा संस्थानबाट सदस्य रहेका छन्। १२ सदस्यीय सञ्चालकमा मंगलबार ७ जना अनुपस्थित भएपछि बैठक रोकिएको हो। यसअघि गएको मंसिर १७ गते बैठक बसेको थियो।


प्रकाशित : मंगलबार, माघ ८ २०८११८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend